Tuesday, May 27, 2008

आदिवासी उपन्यासको समीक्षाहरु

टंक वनेम - भयवादको रङमा रङ्गीएको आदिवासी

काठमाण्डौको अलि अग्लो थुम्काथुम्कीबाट उत्तर तिर लहरै उभेका सेताम्मे हिम शिखरहरु देख्दा एक किसिमको आनन्दले मन भित्र भित्रै खुशीको लिङ्गे पिङ मचाउँछ । आँखा सौर्न्दयको निलोदहमा डुबुल्कि मार्छ । हिमालमा परेको हिउँको चिसो हावाले हात खुट्टा र शरीर कठ्याँङ्रिदा पनि हिमाल प्रतिको आनी बानी बारे खोजिको बिषय हुँदैन ।तर हिमशिखर र झयामोलोङ्माको फेदमा बस्ने स्थानिय मानिसहरुले झयामोलोङ्मा बारे धेरै अनुभव गरेका हुन्छन् । बाँकी ....................
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
अशोक राई - भयवाद र आदिवासी उपन्यास—एक समिक्षा
भयवाद:

भय मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या हो । हाम्रा सबै गतिविधिहरू भयबाट नै संचालित हुन्छन् । मानिस भय निरपेक्ष बाँच्न सक्दैन । आय आर्जन गर्नु, सन्तान उत्पादन गर्नु, प्रतिष्ठा जोड्नु, धार्मिक बन्नु, जातीयताको कुरा गर्नु, राजनैतिक अस्तित्वको कुरा गर्नु जस्ता सबै क्रियाकलापहरूको केन्द्र भय हो । भयवादको कुरा खासै जटिल छैन । बाँकी ....................
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
नेपाली उपन्यास साहित्यको इतिहासलाई हेर्दाखेरि प्राथमिककालीन अवस्थादेखि नै कुनै न कुनै प्रभावमा परेर लेख्दै आएको पाइन्छ । १९५६ सालमा लेखिएर १९६० सालमा छापिएको गिरीशवल्लभ जोशीको वीरचरित्र’ नामक उपन्यासलाई पहिलो मौलिक उपन्यास मानिएको छ नेपाली उपन्याससाहित्यमा । आधुनिक नेपाली उपन्यास लेखन परम्परा भने रूद्रराज पाण्डे रूपमती -वि.सं.१९९१) छापिएपछि सुरू भएको हो भनेर मान्दै आएको पाइन्छ । बाँकी ....................
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
प्रकाश के.सी. - भयवाद ? आदिवासी ??

विश्वका कुना काप्चामा छरिएका समस्त आदिवासीहरुमा समर्पित’ गरिएको छ, हङकङेली उपन्यासकार देश सुब्बाबाट, उपन्यास आदिवासीको सुरुवातमै । सुरुमै उक्त पढ्दा यस उपन्यासबारे केही अरुचिकर लेखिए अन्यथा लाग्ला कि भन्ने ‘भय’ पनि व्याप्त छ मनभरि । हुनसक्छ यो त्यही ‘भय’को करामत हो, जसमा आधारित रहेर यस उपन्यास बुनिएको खुबै व्याख्याईएको छ, तीन तीनजना भूमिकावाधकहरुका आ-आफ्नै तरिकाबाट । बाँकी ....................
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
दीप निरीह - आदिवासी र भयवाद

उपन्यासकार देश सुब्बाको हालसालै प्रकाशित भयवादी उपन्यास आदिवासी भयवादको नौलो प्रयोगको रूपमा प्रस्तुत भएको छ । लेखकले उपन्यासको माध्यमबाट निकै विषयवस्तुहरूलाई डोर्‍याउन खोजेका छन् । तर पनि त्यसमा मुख्यरूपले आदिवासी र भयवादले नै प्रधानता पाएको छ । आदिवासी पात्रबाट मुख्य गरेर आदिवासीहरूको विभिन्न धार्मिक तथा पौराणिक स्थल आदिवासीहरूको ऐतिहासिक स्थल र किमदन्ती, धर्म सँस्कृति तथा रीतिरिवाजहरूबाट खेलाउँदै आदिवासीहरूको मनभित्र आफ्नो गरिमामय स्थल बनाउन सफल हुनु भएको छ । बाँकी ....................

1 comment:

Unknown said...

Kahilyai adibasi ra janjati lai autai nahernus mitra gan yo pharak chha jastai jan+jati= janjati. thank U all.