Tuesday, June 24, 2008

अन्तरवार्ताहरू


Nepal.HK-->







-->

-->


Wednesday, June 25, 2008

-->-->
Home
HK’s Books
Contact Us
Photo Vision
Face to Face with K.C.
Entries (RSS)-->Comments (RSS)-->
‘दुःखको स्मरण दीर्घायु हुन्छ’-देश सुब्बा
“आजभन्दा त्रिचालिस वर्षअगाडि आमा तिलमति लिम्बूको कोखबाट धरानको पुतली लाइनमा मेरो जन्म भएको हो । म जन्मेको घर अद्यावधि छँदैछ । मैले एघार वर्षको उमेरदेखि पढ्न थालेको हुँ । विद्यालयको अन्तिम वर्षमा मैले लेख्न थालेको हुँ । मैले लेख्न थालेको पनि तेइस वर्ष बितेछ । विद्यालयमा लेखेको पुस्तक नौ वर्षपछि “दोषी कर्म” नामक उपन्यास २०५० सालमा प्रकाशित गरेँ । यस बीचमा मैले फुटकर लेखहरू लेखेँ । नेपालमा मैले त्यति लेख्न सकेको थिइनँ र सँगत पनि थिएन । यहीँ (हङकङ) आएर साथीहरूको सँगतमा बढी लेख्न थालेको छु । लाग्छ, लेखाइमा साथीहरूको सँगत उत्प्रेरक हुँदोरहेछ ।” आफ्नोबारेमा यति मात्र भन्न रुचाउने उपन्यासकार, कवि अनि चिन्तक देश सुव्बासँग केहीपल ‘गफ’ हाँक्न पाईएको थियो । ‘यो’ गफ ‘ती’ गफहरु जस्ता रहेनन्, ‘हातलागी’ यो निर्क्योल मिलेको भन्न भ्याईहालौँ । ‘ती गफ’जस्ता नलागेको ‘यो गफ’मा कवि सुव्बाको अगाडि ‘वौना’ उभिएको अनुभूत पनि अर्को ‘हातलागी’ हो मननशीलतामा, यो पनि ‘उद्धरण’ गरिहालौँ । हङकङमा ‘साहित्य’ भन्नुलाई देश सुव्बालाई ‘बाहेक पारेर’ भन्नुले ‘साहित्य भनिएको हो’ भन्ने पुस्टि नहुने यथार्थ बोक्ने आधारस्तम्भ बनेका देश सुव्बा कवितामा हृदयका अन्तरवेदनालाई कहिले शब्दहरुबाट ‘प्रयोगात्मक व्याख्या’ गर्दछन् भने कहिले शब्दहरुभित्र यसरी पार्छन कि ‘शब्दहरु नै सघन बन्न थाल्छन्’ र एउटा गरिनु पर्ने ‘व्याख्या’ बनाउँछन् कवितालाई ।
दशकौँको समयावधिमा हनेसा अर्थात् हङकङ नेपाली साहित्य भनेरै बाँच्ने व्यक्तित्व उनै देश सुव्बाका केही मत तथा विचारहरु यहाँ अब यसरी ……..
१) साहित्यकारमा, सामान्य व्यक्तिहरुमाभन्दा सम्वेदनशीलता ज्यादा हुन्छ भनिएको तथ्यलाई आधार मानेर प्रश्न सोध्नु पर्दा, एउटी युवतीले बैँसमा लोग्नेलाई भर्खरै कुनै दुर्घटनामा गुमाएपछिको उसको अपार वेदना तथा प्रलापको विषय र एउटा अति नै रमणीय शान्त र सुन्दर ठाउँको सौन्दर्यको सौरम्यको विषयमध्येमा कविता लेख्न तपाईँलाई भनियो भने तपाईँको कवित्वले तपाईँलाई कुन विषय रोज्नतर्फ उद्वेलित गर्दछ ?
तपाईले प्रकृति र जीवनको बारेमा प्रश्न हालेर कवितामा राख्न भन्नु भएको रहेछ । यो संवेदनशीलता र भावुकताको कुरा छ । कहिले मान्छे बढी संवेदनशील र कहिले बढी भावुक हुन्छ । सधैँ मान्छेको अवस्था एउटै रहन्छ भन्न सकिन्न । उसको साहित्यको संवेदनालाई जुन विषयले बढी समाउँछ, ऊ त्यसैको साहित्य गर्छ । म आफै भने प्रकृतिवादी कम र जीवनवादी बढी हुँ । कुनै फूल ओइलाएको देख्दाभन्दा, कुनै मान्छे दुःखी भएको देख्दा मलाई बढी छुन्छ । मैले गरेको साहित्यमा प्रकृति कम र जीवन बढी लाग्छ । सात्रेको भन्दा विपरीत मलाई मान्छेमा प्रकृति सापेक्षित लाग्छ । पूरा पृथ्वीको साहित्य नै प्रकृतिवादबाट जीवनवादतिर फर्किरहेको समयमा निश्चय पनि मेरो कविता जीवनतिर लेखिन सक्छ ।
२) साहित्य के हो ?
साहित्य मलाई जीवन लाग्छ, प्रकृति बोलिरहेको जीवन । साहित्यले जीवन बोल्नुपर्छ । यो जीवन प्रकृतिसँग सापेक्ष भएको हुनुपर्छ । साहित्य समयले गरेको कल्पना पनि हो । आजको समय र कल्पनाले जति परसम्म कल्पना फ्याँक्न सक्छ, यो पनि साहित्य हो । साहित्य मलाई समाजको दर्पणसम्म मात्र सीमित लाग्दैन । समाजको दर्पण त समुद्रको एक थोपा पानी मात्र लाग्छ ।
३) वर्तमान नेपाली साहित्यमा साहित्यको कुन धार चलिरहेको छ ? हङकङ बसाइको दर्जन वर्ष बिताइसकेका हङकङेली नेपाली साहित्यकारहरुको अस्तित्व रहेको अवस्थामा, तिनीहरुका सिर्जनशीलतामा आखिर कहिलेसम्म नेपालकै पृष्ठभूमि रहला ?
नेपाली साहित्यमा चलेको धारहरू पुराना भैसके, नेपाली साहित्यमा मात्र होइन विश्व साहित्यमा नै नयाँ धारहरूको निर्माण भैरहेका छन् । नेपाली साहित्यको जुनसुकै धारमा एकै किसिमका चरित्र, कथा वस्तु मिथहरू प्रयोग हुने गथ्र्यो एक समयमा । त्यसलाई नेपाली साहित्यमा मूलधारको साहित्य भनेर प्रचलित बनाइयो । नेपालमा ती भन्दा बेगल कथा, चरित्र, ‘मिथ’ हुँदाहुँदै प्रचलित साहित्यलाई मात्र राष्ट्रिय स्थान प्रदान गरियो । प्रचलित साहित्यको समूह ठूलो छ, जसले गर्दा जस्तो साहित्य लेखे पनि, ताली बनाउने गरिन्छ । तर दुःखको कुरा, जति नै ताली बजाए पनि पुरानो मान्यताहरूमा संकट उत्पन्न भएको हामीले देखिरहेका छौँ । कार्यक्रमहरूमा मान्यतागत विमतहरू पैदा हुन थालेका छन् । प्रचलित मान्यताले आफूलाई सधैँ अतिवादी मान्यतामा विकास गराउने मनोभावले यी संकटहरू पैदा भैरहेका हुन् । यो पक्ष नयाँ लेखकीय मान्यताहरूलाई अस्वीकार गर्न खोजिरहेका छन् । नयाँ लेखकहरूसँग विषय वस्तु नयाँ छ, प्रयोग नयाँ छ, आन्दोलन नयाँ छ । तर प्रचलित नेपाली साहित्यले यसलाई स्वीकार्न आनाकानी गरिरहेको छ । परिणाम स्वरूप नयाँनयाँ संकटहरू पैदा हुँदैछन् । यो संकट अरूको कारणले पैदा भएको होइन, आफ्नै कारणले हो । नवीन कुराको खोज विश्वभरि नै गर्न थालेको यसबेला नेपाली साहित्यमा पनि खोजिनुपर्छ अन्यथा स्थापित मान्यता, व्यक्तित्वहरू अल्पकालीन र सीमित वर्गका हुन जान्छन् । यसले राष्ट्रलाई ठूलो हानी गर्छ । यी कुराहरू सोच्नुपर्दछ । नयाँ नेपालको नयाँ संरचनामा ती कुराहरू अनिवार्य गरिनुपर्छ ।
४) हङकङमा साहित्यकारहरुको समाजकीय स्वरुप कस्तो देख्नुभएको छ ? यहाँ प्रवासमा अग्रज साहित्यकारको नजरले हेर्दै भन्नुस् त ?
हङकङको साहित्यले नै हङकङको नेपाली जनजीवन पहिचान गराउने हो । केही हदसम्म यो संभव पनि भएको छ, पूरै हुन सकिरहेको छैन । हाम्रो मष्तिस्कमा भएको बाल्यकालले हामीलाई हङकङको साहित्य गर्न स्वतन्त्र गरेको छैन एकातिर भने अर्कोतिर हङकङको नेपाली समाज, चिनियाँ समाजबारे यथेष्ट ज्ञान नहुँदा लेखनलाई असजिलो बनाएको छ, लाग्छ । तथापि प्रयासहरू भएका छन् । हङकङको साहित्यले प्रवासी नेपाली साहित्यमा अहम् भूमिका खेलेको छ भन्दा अतिशयोक्ति नहोला । फेरि हङकङमा स्थापना भएका नेपाली विद्यालयहरूले पनि उल्लेखनीय योगदान दिँदै आएका छन् । हामीभन्दा अगाडि पनि मान्छेहरूले साहित्य गरेका थिए हङकङमा । जुनबेला हङकङको माटोमा नेपालीले पाइला टेके, त्यहीँबेलादेखि यहाँ नेपाली साहित्य हुँदै आएको छ । हामीले संस्थागत प्रयास गरेकासम्म हौँ । संस्थागत प्रयासले हङकङको नेपाली समाजमा प्रभाव पारेको पनि सत्य हो । हामीले साहित्यका केही बिरुवाहरूलाई मलजल गर्‍यौँ । कति हुर्के कति बीचैमा तुहे । हामीभन्दा पछि पनि संस्थागत प्रयास, शिक्षागत प्रयास भैरहेका छन् । हङकङमा साहित्य गर्न रुचाउने मान्छेहरू धेरै छन् । उनीहरूलाई हङकङ नेपाली साहित्यको मूलधारमा ल्याउन बाँकी छ । समयले टाढा पुर्‍याएकोले विलम्ब भैरहेको छ ।
५) मानिसले जीवनको कुनैबेला विगत सम्झनु पर्ने भए, आफ्नो दुःखद वा सुखद, कुन क्षणलाई सम्झन चाहान्छ भन्ने ठान्नुहुन्छ ?
दुःखको संरचना नै स्मरणको मण्डलले बनेको छ । दुःखमा नै सुख निर्भर गर्दछ । सुखमा दुःख निर्भर गर्दैर्न, मेरो व्यक्तिगत बुझाइ । त्यसैले दुःखको स्मरण दीर्घायु हुन्छ । एक पटक पाएको दुःखले मस्तिष्कमा साम्राज्य गरेको हुन्छ । जसले गर्दा यसलाई सम्झिरहन्छ मान्छेले । सुखको आकार सानो हुन्छ । यो भैरहन्छ र क्षणिक हुन्छ । दुःखमा जस्तो सुखमा मैले विशिष्टता पाएको छुइन । त्यसैले मलाई लाग्छ, मान्छेले सुखभन्दा दुःख धेरै सम्झिरहन्छ ।
५) व्यवहारमा मानिसले अतीतलाई कहिलेसम्म च्यापेर भविष्य बुन्दै वर्तमान बाँच्दछन्, तपाईँको विचार ?
प्र्रत्येक भविष्यहरू अतीतका श्रंङ्खला हुन् । प्रत्येक वर्तमान अतीत र भविष्यको मध्यस्तकर्ता हो । वर्तमानले मध्यस्तता गर्न सकेन भने दुर्घटना हुन्छ । मान्छेले अतीतलाई लिएर बाँचे पनि भविष्यको एउटा बिन्दूमा पुग्दा, यात्रा मोडिसकेको हुन्छ । किनभने वर्तमानमा धेरै अवरोह, आरोह हुन्छन् । भविष्य वर्तमानको मुठीमा कैद हुन्छ । वर्तमानबाट प्रकट भएर भविष्य बन्दछ, त्यसैले यो परिणति भएको हो ।
६)परिवर्तन गर्न मिल्ने भए विगत, यसो भनौँ, फेरि दोहोर्‍याएर सच्याउन मिल्ने भए, तपाईँ विगतको कुन पाटोलाई सच्याउनुहुन्थ्यो ? विगतको पाटो तपाईँको व्यक्तिगत पनि हुन सक्छ, सार्वजनिक पनि हुनसक्छ ।
सच्याउनै पर्ने विगत मसित छ जस्तो लाग्दैन । दोहोर्‍याएर गर्ने मिल्ने भए, केही कुरा आमाको लागि गरौँला, लागेको थियो । मेरी आमा अझसम्म बाँचेकी भए केही इच्छा पूरा गर्ने थिएँ लाग्छ । बाँकी मसित त्यस्ता विगतहरू बितेका छैनन् जो सच्याउनु परोस् ।
७) अपमान शीर्षकको तपाईँको पुस्तक, के उपन्यास नै हो त ? औपन्यासिकताको अभाव खट्केको बारे यताउताबाट सुनिएको छ, त्यसैलाई विस्तृत गर्नुहोस् ।
साहित्य साँघुरो घेराबाट बाहिर निस्केको छ । साहित्य यस्तै हुनुपर्छ भन्ने अकाट्य नियमहरू रहेनन् अहिले । त्यस अर्थमा मलाई अपमान उपन्यास लाग्छ । म पाठकको लागिभन्दा पनि बढी समाजको लागि साहित्य गरिरहेको छु । मेरो समाजलाई अपमान उपन्यास नै लागेको पाएको छु । साहित्यको पाठकलाई अपमान उपन्यास नलाग्न सक्छ । स्वाभाविकै छ । परम्परावादी पाठकले तयार पारेको उपन्यासको ढाँचामा यो नगल्न सक्छ । यसको अर्को कारण के भने साहित्य समाजको लागि हो कि पाठकको लागि हो ? त्यसमा निर्भर गर्दछ । अनुभव उपन्यास, संस्मरण उपन्यासलगायत सामाजिक, जासुसी उपन्यास भनेर उपन्यासको थुप्रै प्रकार भएकोमा म पनि दस्तावेज उपन्यास पनि भन्न सक्थेँ । तर मैले त्यसो गरिन । मान्छेभित्र जहिले पनि मान्यताको एउटा सरल रेखा हुन्छ । त्यो बाङ्गोटिङ्गो भएको मान्छेले मन पराउँदैनन् । उसको सरल रेखाभन्दा वरपर भएछ भने त्यसलाई ऊ बाङ्गो भन्छ । तर हात्तीको कथाजस्तो विषय वस्तुको बुझाइ आ-आफ्नै हुन्छन् ।
८) तपाईँले भयको विस्तृतिको बारेमा ज्यादै लेख्नुभएको, बोल्नुभएको र पढाउनुभएको छ । हरेक कृया तथा जनजीवनको पद्धति भयद्वारा सञ्चालित हुन्छ भन्ने तर्क दिनुभएको छ (जसबारे सन् २००५को अप्रिल ०२ तारिखका दिन दोभान देउराली रेष्टुरेन्टमा त्यही वादमा आधारित रहेर हङकङका कथाकार राई चन्द्र दुमीले एउटा कथा लेख्ने भन्नुभएको तर नलेखेको आज यतिका समय बितिसकेको छ), त्यही वादअनुसार …लर्डाईँको मैदानमा सिपाहीँ मर्छु कि भन्ने भयले गर्दा क्रियाशील भई बाँच्नका लागि शत्रुहरुलाई मास्दै वा शत्रुबाट भाग्दै बाँच्ने प्रयत्न गर्दछ भनिएको थियो, अब भन्नुस्, भयले मान्छेलाई क्रियाशील बनाउँछ या बाँचूँ भन्ने लोभले ?
बुझाइ आ-आफ्नै हुन्छन्, मैले माथि हातीको कथा भनेजस्तो । मैले बुझेको भय र अरूले बुझेको भयमा फरक हुन सक्छ । मैले बुझेको कुम्भकर्ण हिमाल र अरूले बुझेको कुम्भकर्ण हिमालमा फरक हुन सक्छ । मैले बुझेको नेपाल र अरूले बुझेको नेपाल फरक हुन सक्छ । त्यस अर्थमा मलाई भयले मान्छेलाई क्रियाशील बनाउँछ लाग्नु अन्यथा नहोला । बाँचु भन्ने लोभ भयको सरल रेखाको कुनै बिन्दू हुन सक्छ । यही भनाइलाई नागार्जुन शून्य भन्थे, डेरिडा भिन्नता भन्थे र सात्रे अस्तित्व भने आइ.बी. राई लीला भन्थे होलान् । मपक्ष भयको प्रकट भनिरहेको छु । मपक्षको भयको कुरा गरिरहँदा शून्य, भिन्नता, अस्तित्व, लीला सबै निर्जीव लाग्छ । सोच्छु, भय कसरी सजीव हुँदोरहेछ ! सभ्यताको विकास, जातिको विकास र मान्छेको विकास भयको कारणले हुन्छ सकारात्मक पक्ष । यति सकारात्मक हुँदाहुँदै त्यहाँभित्र एउटा भय हुन्छ, त्यो नकारात्मक पक्ष । त्यही ऋणात्मक पक्षलाई धनात्मक बनाउने सोच, चिन्तन साहित्य हो भयवाद मपक्ष भन्छु । यसैलाई कसैले दुःखबाट सुख बनाउने भन्लान्, कसैले दुःखबाट मुक्ति दिने भन्लान्, कसैले सत्ता साझेदारीमा लैजालान् ।
९) प्रवासको जीवनमा खड्केको अनुभूति के छ तपाईँको साहित्यिक जीवनयापनमा ?
खासगरी हङकङको साहित्य विकासको निमित्त मलगायत केही साथीहरू मिलेर थुप्रै गर्‍यौँ, लाग्छ । चिनियाँ भाषाका साहित्यकारहरु, अँग्रेजी भाषाका साहित्यकारहरूसित पनि सम्बन्ध बनाउने प्रयास गर्‍यौँ । तर संभव भएन । यो हाम्रो प्रयासको अपूर्णता हो या हङकङको साहित्यिक संसारको । एकातिर यो समस्या रहिरहँदा अर्कोतर्फ साहित्यिक लेखनमा पनि हङकङलाई भनेजस्तो लेख्न सकिएन । लाग्छ, मान्छेले आफ्नो मौलिक भाषा, आफ्नो ठाउँ र देशको बारेमा जति लेख्छ, उति नयाँ ठाउँ, भाषाको लेख्न नसकिँदो रहेछ ।
१०) अन्त्यमा, नेपाल डट यचकेलाई सुझाव के दिनुहुन्छ ?
मेरा आफ्ना कुराहरू राख्ने अवसर दिएकोमा नेपाल डट एच केलाई धन्यवाद दिन चाहान्छु । यस वेव साइटले संप्रेषण गरिरहेको समाचार, लेख, साहित्य प्रशँसनीय छ नै । भविष्यमा पनि अझै गर्दै जान सकोस् । अहिले नेपालको राजनीतिमा मात्र होइन, समाजमा, साहित्यमा, सँगीत, कलामा जताततै गुटउपगुट पैदा भएका छन् । यसको प्रमुख कारण कसैले माने पनि नमाने पनि नेपालको एकलवादी नीति, एकल भाषा, एकल जातिको प्रभुत्व नै हो । यी कुरा साम्राज्यवादी जस्तो नेपालमा चारैतिर छाएको छ । यसले देशलाई आजको अवस्थामा ल्याई पुर्‍याएको सत्यलाई तपाईहरूले पनि मनन गर्नै पर्छ । पाठक साहित्यकार सबैले मनन गर्नै पर्छ । यो नेपालको ध्रुव सत्य हो । सचेत वर्गले यसलाई सचेत ढंगबाट हेर्नुपर्छ । दूधको दूध पानीको पानी । साहित्यकार, पाठक सबैलाई यसको सन्देश दिन सके सबैलाई राम्रो हुन्छ । वस्, त्यसमा तपाईहरूको ध्यान जान सकोस् । मेरो शुभकामना । यही नै संसारको विशिष्टता हो । धन्यवाद ।
देश सुब्बा
जन्म - वि.सं.२०२२,धरान
शिक्षा - स्नातकोत्तर व्यवस्थापन पब्लिक युथ क्याम्पस
कृतिहरु - दोषी कर्म - २०५० र अपमान - २०५२ दुइ सस्करण र शहीद - २०५६, [ उपन्यास]
यथार्थका चोइटाहरु - २०६१ [कथासंग्रह संयुक्त]
हङकङमा कविता - कवितासंग्रह [संयुक्त]
संलग्नता - नेपाली साहित्य प्रतिष्ठान, हङकङ - भू.पू.सचिव ,हाल सदस्य
सम्पादन - अविराम मासिक
लेखन - कथा, कविता, वैचारिक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित
सम्मान :
मगर संघ हङकङद्वारा सम्मानित - २००३
किरात याक्थुड, चुम्लुड, हङकङद्वारा सम्मानित - २००३
हाल -हङकङ
This entry was posted on Monday, July 30th, 2007 and is filed under Home, Interviews. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.
« गणतन्त्रको अपेक्षामा सङ्कलित हस्ताक्षरहरु हस्तान्तरण
शिरिष फुलेको सम्झना-आशीष साम्पाङ ‘महेश’ »
4 Responses to “‘दुःखको स्मरण दीर्घायु हुन्छ’-देश सुब्बा”
kedar on August 1st, 2007 at 5:01 pm
Deshji!Khushi lagyo tapaika antarbichar padhda. sahityakar bhaesake pachhi tapailaai phailanuma dhyan dinuparchha, yadi sahitya sano dayerako lagi garnuhunchha bhane kura thikai ho.sahitya aphaima vishal hunchha. videshi lekhakharu, chintakharu namko uddharana garera sahityalai nabujhaaunuhola. ti namaharule aba biddhata pradarshan garna chhadisakyo.tapai kasto sahityakar ho, tapaile kattiko lekhnuhunchha bhanne tapaika sahitya padhepachhi thaha lagchha. tyaha bideshi writerko namko jarurat pardaina.hongkongma tapaiko den nepali sahityama bhayekolai kasaile pani nakarna sakdaina.nepal.hk le ramro kam gareko mannu parchha. hamilai hongkongka sahityakarharulai aba chinnu pani chha.deshjiko barema padhda khushi lagyo.
Shyam on August 7th, 2007 at 1:46 pm
Ke ho, Prakashji?Tankadaiko, dumidaiko chahi MODEL jasari rakhne photo album, ani, kina ni Desh dailai chahi chhutyaeko? Sabailai samanruple herne bhanthe tapailai, pheri kina ni yasto?Bhanna sajilo hunchha, garna garho parchha bhanne thaha bhayo.ani commentharuka barema ra mediako barema tapile jawaf diye ramro hunethiyo. Galat nasamjhanuhos, spasta huna khojeko chhu.
admin on August 7th, 2007 at 3:15 pm
Shyamji!This is not done. How could you blame me on a such a topic ? Deshji didn’t simply want his photos like that as tank’s and Dumi’s. If you don’t believe, you better ask him. And I’m really sick of explaining everything on every now and then, next time please write your full name to let us know that you are genioun.About comments…my concern is not to let published any bad languages and hereby, I even try to exclude the comments on personal issues, but, if you are public figure(In whatever sense) you get to be accountable for everyone, the way you do on personal field would jeopardise your carriers and personality, because if you say you are good, you have to prove that on many accounts. Exactly the same happening here on comment’s section. There are many people who supports you who rejects you, you have to accept the facts, you don’t force people to accept you on every accounts. If one said bad about you just because of his or her personal motives, other people would judge that, you don’t need to worry about. Main thing is, the genioun person would give the genioun name.As per media, it is simple as that….media in a medium of spoken, it is a mediator…you tell therough he listen, he tells through you listen…just simple as that.No creating, no damaging…no manuavering..no shallowing….thanks for your comment.
ganesh rai on October 29th, 2007 at 12:22 am
deshji badhai dherai dherai
your creativity will always continue for a long way ahead. and will have oppertunities to read it through my raw mind in order to get it matured. if possible send me a copy of ur new creation i mean the book if u have already published.bye for now and once again many many congratulation for ur decent interview and the role u played in florishing hongkong’s nepali literature at large.ganesh uk.आफ्नो धारणा वा विचार राख्नुहोस् । लेखकको लेख वा विचारलाई आधार मानेर श्लील तथा शालीन किसिमले आफ्नो मत भिन्नता वा विमत राख्न तथा प्रशँसा वा सम्मति दर्शाउन तपाईंहरु स्वतन्त्र हुनुहुन्छ । समाजको एक जिम्मेवार व्यक्ति बनाउनुहोस् आफूलाई र पूरा नामसहित प्रतिक्रिया लेख्नुहोस् । अश्लील शब्दहरु प्रयोग गरिएको तथा अप्रासँगिक प्रतिक्रियाहरुले ठाउँ पाउनेछैनन् । नेपाली युनिकोडमा रोमनमा टाइप गरी प्रतिक्रिया लेख्नलाई यहाँ क्लिक गर्नुहोस्, त्यहाँ पुगी टाइप गरिएका नेपाली युनिकोड अक्षरहरुलाई कपी गर्नुहोस्, र त्यो पेजबाट व्याकमा क्लिक गरेर फर्की तलको कमेन्ट बक्समा पेस्ट गर्नुहोस् । तपाईँहरु अडियो तथा भीडीयो कमेन्टहरु पनि गर्न सक्नुहुनेछ । धन्यवाद ।- सम्पादक
Leave a Reply-->
Name (required)
Mail (will not be published) (required)
WebsiteXHTML: You can use these tags:
-->
Add Webcam Comment Add Audio-only Comment
test

Sponsors


--> -->-->
Nepal Darshan [may-24]
New Comments
Sohan Pun,HK on How much do we love Nepal?
grg manoj on ऐतिहासिक मकाउ-हङकङ कवि गोष्ठि
suman parajuli on हेभेन्ली पाथको शान्तिको खोज
Krishna Sharma on नयाँ नेपालको लागि
arjun gurung HK on दरबारको भुइँ खन्दा सुनै सुन
Categories Select Category Articles अङ्कलको गन्थन अनुभव-परिवृत्त अन्तर विचार अन्य छापाबाट आदि र निरन्तर आदि/ईत्यादि इन्द्रेणी कथा कथा लामो छ कफी गफ किराती आवाज खेलकुद गीत,गजल,कविता घटना र विचार घुमन्तेको डायरी जयप्रकाश टँक विविध दृष्टिवोध देवप्रकाश देश-परिवेश नारी दृष्टि निषेध फन टाइम मनोरञ्जन लाहुरेको पाना विचार विधि-प्रविधि संस्मरणहरु सन्दर्भ : विश्लेषण समय सन्दर्भ समाचार समीक्षा सम्पादकीय सेरोफेरो सोच सोझो घुमाउरो Editorial Features Home Interviews Talk of the Town
/* 0 ) {
location.href = "http://www.nepal.hk/?cat="+dropdown.options[dropdown.selectedIndex].value;
}
}
dropdown.onchange = onCatChange;
/* ]]> */

Archives Select Month June 2008 May 2008 April 2008 March 2008 February 2008 January 2008 December 2007 November 2007 October 2007 September 2007 August 2007 July 2007 June 2007 May 2007 April 2007 March 2007 February 2007 January 2007 December 2006 March 2006 January 2006
Calendar
June 2008
M
T
W
T
F
S
S
« May



1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30

Meta
Register
Log in
Entries RSS
Comments RSS
WordPress.org
Top Ten
Rupa (123)
Lara (33)
jyoti baruwal chhetri (32)
Moti Chamling (28)
Damar Thapa (27)
jyoti baruwal chhetri (21)
narjit rai (20)
kancha (19)
jyoti chhetri (19)
Damar Thapa, Hong Kong (18)
Most Popular
हेभेन्ली पाथको शान्तिको खोज (89)
मेरो जोकास्टा आमाको समर्थनमा-हाङयुग अज्ञात (42)
किरायाको अन्तर्राष्ट्रिय समन्वय जरुरी (35)
तेश्रो वर्षमा प्रवेश -सम्पादकको कलम (33)
महासँघको वार्षिक पुरस्कार वितरण (32)
[आफ्नो मत दिनुस्]
नेपालको भविष्य अब कस्तो होला ?
उज्ववल
उस्तै
खत्तम
View Results
Loading ...
Recent posts
How much do we love Nepal?
गिती एल्बम ‘मान्यता’ सुनिसकेपछि !
दूतावासद्वारा १६ मेनपावरलाई कारबाही गर्न सिफारिस
नेपाली रेडियो अब आरटीएचकेमा
निरपराधको आँशुले पोल्छ, पोल्छ
Links
CNN
BBC
ESD life
Hong Kong Herald
Reuters
Cnet
HKNews
Glenn Beck
News Blaze
Mulbato
Alopalo
ArthaExpress
G.W.Records
M.P. Library
nepal Korea News
Khotang
SKNepal Latest Comments
-->
..in style!

Advertisement

Columns

Your Planet Today
HK websites









Ads...

नयाँ गणतन्त्र राज्य : नेपाल
एउटा युगको अन्त्य भएको छ । नेपाली जनताले आफ्नो अभूतपूर्व रुपको नयाँ नेपाली परिचय दिएका छन् । बिना कुनै रगतको खोलो, २३९ वर्ष पुरानो राजतन्त्रको अवसान भएको छ, जुन अत्यन्तै महत्वपूर्ण पक्ष हो । प्राविधिक रुपमा समस्त नेपालीहरुका अभिभावकका रुपमा रहने राजाको सदाकै लागि विदा गरिएको छ । राजा रहने बेलासम्मका प्रजाहरु, लोक भएका छन् र सोही लोककै तन्त्रहरु अबका दिनमा गणतन्त्र नेपालमा चल्ने भएको छ । जुगौँ जुगौँदेखि शासित रही प्रजा रहेका नेपाली जनताका हातमा यसरी राज्य सञ्चालन गर्ने अभिभारा आएको छ कि, जसलाई अविलम्व अनुमोदन गरी खुशी मान्नुमा अति नै सान्दर्भिकता देखिएको छ र त्यसैक्रममा नेपालसहित अन्यत्र बसोबास गर्ने नेपालीहरुमा पनि खुशीयालीहरु भव्यरुपमा हुँदै गरेको सार्वजनिक भएको छ । लाग्दैछ, यही नयाँ गणतन्त्रमय लहरले र राष्ट्रवादी भावनाले सबै नेपालीहरुलाई एकबद्ध गर्नेछ ।शक्तिले सर्वसाधारण मानिसहरुमा आउने अभिमान नेपाली जनता तथा त्यही जनताको भरले चुनिएका नेताहरुमा आउलान् नआउलान्, हेर्न वाँकी छ तर कतिपय अवस्थामा उही पुराना राजनैतिक शैली यथावत रहनेमा चाहिँ पक्का नै छ । एकले अर्कोलाई गिराई आफू उठ्ने शैली उही गतिमा विद्यमान रहे नेपालमा दुर्घटना दोहोरिन सक्नेछ । जसलाई यतिखेर माओवादी, काँग्रेस, एमालेलगायत फोरम तथा तमलोपाहरुले दलीय स्वार्थबाट माथि उठी राष्ट्रगत हीतमा सोँच्नुपर्ने वाध्यता अगाडि आएको छ ।भारत, अमेरिका तथा चीनले आगामी दिनमा नेपालमा कसरी र कस्तो रुपमा आआफ्ना खेल खेल्लान्, त्यसलाई नेपाली राजनीतिक दलहरु र तिनका नेताहरुले कसरी लेलान् ? त्यसबारे भन्न सकिँदैन तर नेपाली जनताले भने त्यसरी नेपाल राष्ट्रलाई खेल बनाउने खेलाडीहरुलाई सजिलै खेल्न पक्कै दिँदैनन् । किनकि, बितेका दुई तीन वर्षबाट के देखिँदै आएको छ कि, सरकार, सत्ता वा कानून नेपाली राजनैतिक दलहरुले प्रतिनिधित्व गर्ने सरकार वा नेताहरुले होइन, तिनै नेपाली जनताहरुले चलाएका छन् । व्यक्ति व्यक्तिले नेपाल राष्ट्रको हितमा आफ्नो बुताले भ्याएसम्म काम गर्न पाउने प्रावधानले स्थायित्व लिएको भान भएको छ । सिक्काको अर्को पाटोतिर हेर्दा, यदि यो रुपले भर्खरै बनेको नयाँ गणतन्त्रात्मक देश नेपालमा उही वेगले क्रियाशीलता पायो भने नेपालको गणतन्त्रात्मक हालात, नियन्त्रण गर्ने स्थितिबाहिर नरहला भन्न सकिँदैन । ग्रास रुटका कार्यक्रतामा पार्टीको पकड दुरुस्त नरहेको दृष्टान्तहरु यत्रतत्र छन् । समयमै सबै कानूनसम्मत होलान् भन्ने कामनासहित….गणतन्त्र नेपाल जिन्दावाद !!!......Click here to read all posts.
Designed by Gabfire Brought to you by Kredit, PS3 and Linux Web Host
१ हालसालै तपाईद्वारा प्रतिपादित भयवादमा आधारित उपन्यास आदिवासीको प्रकाशन गराएर हङकङका पाठकहरूको हातमा पुर्‍याइसक्नु भयो तर कतिपय अन्य देशमा रहने पाठकहरूको हातमा उक्त कृति हात नपरेको हुनसक्छ त्यसैले भयवाद र पुस्तकको वारेमा बताइदिनुहुन्छ कि -
उत्तरः आफ्नो कृति बढी भन्दा बढी पाठकले पढुन् भन्ने प्रत्येक लेखकको आशा हुन्छ । म पनि यसबाट अलग छैन । विद्युतीय सञ्जालमा कृतिको सञ्चार गराउन सजिलो छ । तर भौतिक रूपमा अन्य देशमा पुर्‍याउन विभिन्न समस्याहरू छन् । विदेशमा बस्ने नेपालीको ठूलो समस्या व्यस्तता पनि हो । व्यस्तताले गर्दा सोचिएका काम गर्न सकिन्दैन । सर्म्पर्क गर्न खोज्दा पनि सर्म्पर्क गर्न नसकिने अवस्था छ । विभिन्न देशहरूमा पुस्तक पठाउने सोच छ, तर सकिरहेको छुइनँ ।
भय पूर्वीय र पश्चिमी विचारमा, दर्शनमा बोधको रूपमा आइरहेको नै छ । भय विभिन्न रूपमा व्याख्या हुँदै आएको हामी पाउँछौ । ती विचारहरूमा भयलाई बोध सम्म गरेर प्रधान विषयलाई गौण पारेको देखिरहेको छु । मैले यसलाई वादको रूपमा वा प्रधान विषयको रूपमा उठाउन खोजिरहेको छु किनभने जीवनका प्रत्येक गतिविधि साँझदेखि बिहानसम्म भयबाट निर्देशित हुन्छन् । भयको कारणले चेतनशील प्राणीहरू चलयमान हुन्छन् । यसको मूल स्रोत चेतना हो । चेतनाको मात्राहरूले ग्रहण गर्ने भय फरक फरक हुन्छ । एउटै प्रकृतिको भय फरकफरक ग्रहण हुने गर्दछ । उदाहरणको लागि भूतको कुरा गरौ । कसैलाई भूत ज्यादै डर लाग्छ कसैलाई कम । जीवन र जगत पनि त्यस्तै हो । यो श्रंखलाबद्ध हुन्छ । एउटा समाप्त भएपछि अर्को तुरून्तै उपस्थित हुन्छ । यसको माध्यम प्रकट हो । भयका रूप, प्रकार, असर, स्रोत देखाउनु मात्र भयवाद हुँदैन, सहजता तर्फउन्मुख हुने गतिविधिहरू नै भयवाद हुन् अथवा सैद्धान्तिक कुरालाई व्यवहारिकमा जानु भयवाद हो । कुनै मान्छेलाई संक्रमक रोग लागेको छ वा कुनै ढल्दै गरेको टावरभित्र मान्छेले अगाडि आइरहेको मृत्यु देखेर कहालिने, उप्रिने, कुद्ने जस्ता क्रियाकलाप गर्दछन् । यस्ता घट्ना जीवनभरि नै भैरहन्छ । त्यसले जीवनको आनन्दमा विष घोलिरहेको हुन्छ । एक दिन मान्छे मर्नु त छँदैछ । त्यसलाई सहज ढंगबाट लिँदा जीवन आनन्दमय हुन्छ । ढल्दै गरेको टावरभित्रको मान्छेलाई पनि जीवन एकदिन मर्ने नै हो ढंगको अनुभूति हुन गए उसका धेरै कुरामा फरक पर्दछ । यो अवस्था भयवादको अवस्था हो । जीवनमा भय निरपेक्ष हुन्छ र जगतमा जीवन । जीवनका सबै रसहरू भयमा सापेक्षित छन् र जगतका सबै जीवनमा । जीवनले देखेको सम्म नै संसार हो र संसारमा जीवनलाई सहज बनाउन हिँडिने प्रकटका खुड्किलाहरू भयवाद । भयको कारणले जीवन असहज र भयभीत भइरहेको वर्तमान विश्वमा यसले सहज मार्गमा उन्मुख गराउँछ । भयवाद र भय यसैमा फरक छ ।
यसै सिद्धान्तलाई व्यवहारिकीकरण गर्न "आदिवासी" उपन्यास बनाइएको छ । उपन्यासमा निसाम् प्रतिनिधि पात्र छन् । ऊ बिरामी भएपछि बढी मात्रामा भयभीत हुन थाल्छन् । यो कुनै घटना, रोगको प्रनिनिधि हो । यस बिरामीले धेरै बिरामीको प्रतिनिधित्व गर्छ । उनमा मानसिक तनाव उत्पन्न भएको छ र भित्रभित्रै खियाउँदै लगेको छ । के कारणले यस्तो भएको हो ऊ जान्न चाहान्छ । धेरै मान्छे जान्न चाहान्छन् । कारण जान्नको लागि ऊ मान्छेहरूसित बुझदछ, सोध्दछ र पढ्दछ । तर पनि ज्ञान पाउन नसकेपछि आफूभित्रको छटपटावटलाई शमन गर्न ऊ घर छोडेर हिँड्दछ । यस्तै किसिमको छटपटावट, तनावले गर्दा मान्छेहरू घर, परिवार छोडेर हिँडिदिन्छन् । देश, विदेश, बनजंगल जानेमान्छे, साधुसन्तको पनि केही न केही यस्तै किसिमको छटपटावट रहेको हुन्छ । यी सबैको पछाडि भय सक्रिय भएको हुन्छ । भयबाट कोही पनि पछुतो रहेका हुँदैनन् । यसैबाट मान्छे निर्देशित हुन्छन् । यसबाट सहज पाउन विभिन्न बाहनामा मान्छे भौतारिन थाल्छ । यसैलाई उपन्यासमा देखाउन खोजिएको छ ।
अर्को तर्फआदिवासीहरूले विभिन्न कारणले आफ्नो जग्गाजमिन गुमाउनु परेको तीतो यथार्थ छ । धुम्रपान, मद्यपानको कुलतले अनेकौ समस्या भोग्नु परिरहेको छ । भाषा, लिपि, धर्मसँस्कार लोप हुने क्रम बढ्दो छ । "मान्छेले आफूलाई चिन्नुपर्छ आफ्नो समस्या चिन्नुपर्छ" भन्ने सन्देश पुस्तकले दिन खोजेको छ । आफ्नो अधिकारको निमित्त ठूलाठूला भाषण र सडक आन्दोलन गरेर मात्र हुँदैन । आदिवासी हुनलाई भाषा, लिपि धर्मसँस्कार, इतिहास, पुरातत्वले प्रमाण दिइएको हुनुपर्छ । ती वस्तुहरूको संकलन, सम्बर्न्धन, गर्ने तर्फध्यान दिनुपर्छ । आदिवासीहरूले नयाँ नयाँ भाषालिपि, धर्म सँस्कृति चार्डपर्व बनाउँदैछन्, यसले आदिवासीलाई कमजोर बनाउँछ भन्ने सन्देश सम्म छ यहाँ ।
२ तपाई लिम्वू स्रष्टा भएकोले हाल चलिरहेको लिम्वूवान स्वायत्त राज्य पुनस्थापनाको मागलाई कसरी हेरिरहनु भएको छ -
उत्तरः लिम्बूवान स्वायत्त राज्य विकेन्द्रिकरणको नजिक देखिरहेको छु । वर्षौदेखि हाबी भएको केन्द्रकृत व्यवस्थाको विरोधमा उभेको देखिरहेको छु । यो हुनुपर्दछ । लिम्बूवानका मान्छेलाई प्रत्येक वस्तुहरू, प्राणीहरू, वनस्पति, प्रकृति जतिको प्यारो हुन्छ, घनिष्ट हुन्छ, आत्मीय लाग्छ ती प्रकृतिको विकासको निमित्त त्यहाँका स्थानीय मानिस लागिपर्छन्, अन्य क्षेत्रका मान्छे लाग्दैनन् । स्थानीय भाषा, लिपि, धर्मसँस्कृति, चार्डपर्व, त्यहीँको हावापानी, माटोसँग गाढा सम्बन्ध राख्दै विकास भएको हुन्छ । त्यहाँको क्षेत्रलाई त्यहाँको मान्छेले धेरै बुझदछन् । त्यसैले पनि स्वायत्त दिनुपर्छ । जहाँ सम्म पुनस्थापनाको कुरा छ, यसभित्र धेरै अन्यौल छन् । कुन बेलाको पुनस्थापना - नेपाल एकिकरण अगाडिको कुरा सुन्दैछु, लिम्बूवान नेपाल एकिकरण पछि बनाइएको बुझदैछु । नेपाल एकिकरण अगाडि सत्रथुम, दश लिम्बूवान थियो । त्यो भन्दापनि सानासाना थुमहरू थिए लाग्दैछ । दश लिम्बूवान कुन कुन थिए लाग्दैछ । दश लिम्बूवानभित्र पनि दाबेदार थुप्रै देख्दैछु । यस अर्थमा यो जटिल छ । नारा र भाषणजतिको सजिलो छैन । थुमहरूको पुनस्थापना भयो रे मानौँ ती थुमका मान्छेहरू पनि कताकता पुगिसके अब । कुन थुममा कुन लिम्बूहरू थिए भनेर किटानी गर्न सकिन्छ जस्तो लाग्दैन । फेरि अर्को कुरा लिम्बूवानमा बसोबास गर्ने गैर लिम्बूहरूको मत उतिकै महत्वपूण् छ । यी जातीय सन्तुलनमा अलिकति मात्र गडबडी भयो भने संकट लाग्न सक्छ । राज्यको कुरा त्यति सजिलो हुँदैन । गएको समय फर्केर पनि आउँदैन । हामीसित जहिले पनि वर्तमान हुन्छ । वर्तमानलाई सुन्दर बनाउनु ठूलो बुद्धिमानी हुन्छ । एक जाति, एक भाषा, एक लिपि, एक धर्म, एक चार्डपर्वको विरोध हुनुपर्दछ । यो देश विकासको ठूलो वाधक हो । हाम्रो ध्यान त्यतातिर जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।
३ अवका दिनहरूमा लिम्वू स्रष्टाहरूले लिम्वूवान आन्दोलनलाई सघाउ पुग्ने गरी आफ्नो सिर्जनाकर्म गर्नु पर्छ जस्तो लाग्दैन -
उत्तरः लिम्बूवान आन्दोलन के को लागि - राज्य पुनस्थापनाको लागि वा लिम्बूजातिको लागि ! हामीले कुन उद्देश्यको लागि लेख्ने हो त्यहाँ । जहाँ सम्म लिम्बूजातिको सवाल छ, लेख्नुपर्छ । हाम्रा संस्कृति, मिथक, मुन्धुम, अधिकार । किनभने लिम्बू जातिको संस्कृति राष्ट्रको सम्पत्ति हो । यसलाई कसैले अन्यथा लिनु हुँदैन । जबसम्म साहित्यमा हाम्रा मुन्धुम, मिथक, संस्कृति लेखिन्दैन, तबसम्म त्यो दीघायु हुँदैन । हाम्रा भाषा, लिपि, धर्मसंस्कृतिको जगेना भएन भने हाम्रो अस्तित्व संकटमा पर्छ । मैले यही कुरा लेख्न खोजेको छु आदिवासी उपन्यासमा ।
४ अन्तरिम नेपाल सरकारले नेपाललाई संघीय गणतन्त्रको रूपमा घोषण गरिसकेको छ त्यसकै आधारले पनि लिम्वूवान स्वायत्त राज्य पाउने आधार निर्माण भएको जस्तो लाग्दैन - तर सरकारले भने स्वायत्त राज्य दिने वारेमा कुनै निर्ण्र् गरेको छैन तपाईको विचारमा सरकारले यसो गर्नुको प्रमुख कारण के होला -
उत्तरः प्रथम कुरा त वर्तमान अन्तरिम सरकार भन्नु पनि एक जातिको सरकार हो । अहिलेसम्म एक जातिको सरकारले गर्ने निर्ण्र्ााएकपक्षीय हुँदै आएको छ । यस्तो निर्ण्र्ाारूले आम जनताको समस्यालाई समाधान गर्न नसकेर नै जनआन्दोलन, जनयुद्ध भएका छन् । ती युद्धहरूको लक्ष्य बहुजातिहरूको कुराहरू भएपनि त्यहाँभित्र पनि एक जातिको निर्ण्र्ााहाबी हुने भएकोले लिम्बूवान स्वायत्तका कुरा मात्र होइन अधिकार प्रत्योजनका कुराहरू गौण भएका छन् । विकेन्द्रित वा संघीय राज्य व्यवस्थामा जाने बित्तिकै एक जातिको हालीमुहाली कम हुन जान्छ । त्यसैले यसलाई प्राथमिकतामा नराखिएको हो । सरकार जबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा जाँदैन तबसम्म निर्ण्र्ाारू आत्मघाती हुँदैन जान्छन् । यसले राष्ट्रलाई घात गर्दछ । वर्षौदेखि उनीहरूले राष्ट्रलाई घात गरेको हुनाले राष्ट्र लुते कुकुर भएको छ । सधैँसधैँ एक जातिलाई राज्य व्यवस्था सञ्चालन गर्ने अधिकार छैन । संघीय लोकतान्त्रिक गणतन्त्रमा जानैपर्छ । त्यस अर्न्तर्गत लिम्बूवान स्वायत्त राज्य पनि आउन सक्दछ ।
५ नेपालमा नेपाल सरकारले लिम्वूभाषालाई सरकारी विद्यालयमा पढ्न र पढाउन पाउने व्यवस्था समेत गरिसकेको हुनाले तपाईले आफ्नो कृतिहरूलाई लिम्वूभाषामा प्रकाशन गराउनु पर्छ भन्ने सोच लिनु भएको छैन -
उत्तरः विभिन्न भाषामा आफ्नो कृति छपाउन कुन लेखकलाई मन लाग्दैन । म आफै लिम्बू । लिम्बू भाषामा प्रकाशन गर्न पाउनु सौभाग्यको कुरा । फेरि स्थानीय वस्तुहरू, स्थानीय भाषामा हुने भएकोले हामी जति गहिराइबाट मातृभाषाबाट लेख्न र बुझन सक्छौ, त्यतिको अन्य भाषामा गर्न सक्दैनौ । यो मेरो मात्र अनुभव होइन, अमेरिका, बेलायत गएर बस्ने धेरै भारतीय मूलका लेखकले पनि अनुभव गरेको कुरा हो । तर त्यहाँ प्राविधिक कुराहरू धेरै छन् । त्यसले पनि समस्या भैरहेको छ ।
६ लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको आन्दोलनलाई सफल पार्न लिम्वूवान पार्ट लिम्वूवानवासी लिम्वूहरूले कस्तो पाइला चाल्न आवश्यक छ होला जस्तो लाग्छ -
उत्तरः राजनैतिक प्रश्न मलाई अप्ठयारा लाग्छन् । जति सजिलो आन्दोलन र जुलुसहरूको आवाज, कदम हुन्छ त्यति सजिलो स्वायत्त राज्य हुँदैन । आन्दोलन जुलुस, भनेको माध्यमहरू हुन् । यसले क्षणिक लक्ष्य प्राप्त गर्न सक्छ । लिम्बू र लिम्बूवान कै कुरा गरेर लाने हो भने लिम्बूहरूको भाषा, लिपि, धर्म संस्कृति, पुरातत्व नै हो । लिम्बूवान स्वायत्त राज्य प्राप्त गरेपनि भाषा, लिपि, धर्मसंस्कृति, पूरातत्वको अभावमा केही समयपछि लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । लिम्बूहरूको भाषा, लिपि, धर्मसंस्कृति पूरातात्विक महत्वका वस्तुहरू प्रयाप्त भएमा गैर लिम्बूवानभित्र पनि लिम्बूहरू नै भनेर बाँच्न सक्छन् । लिम्बूहरूमा थर, उपथर लेख्ने परम्पराले भविष्यमा लिम्बूवान नै प्राप्त गरेपनि लिम्बू नलेख्ने लिम्बूहरू गैर लिम्बू हुन जान्छन् । यो खतरा देखिन थालेको छ । जातिलाई राजनीतिले भन्दा भाषा, लिपि, धर्मसंस्कृतिले बचाउँछ । विश्वको धेरै जातिहरूमा देखिएको यथार्थ हो यो । त्यसैले लिम्बूवान पार्टी लिम्बूवानवासी लिम्बूहरूले राजनीतिलाई माध्यम मानेर भाषा, लिपि, धर्म संस्कृतिमा लाग्नुपर्छ र हाम्रा पुरातात्विक वस्तुहरूको खोज, अनुसन्धान र जगेना गर्नुपर्दछ । एकिकरण ताका ती वस्तुहरूको नास गरिएको छ । कताकता छिटपुट अझै फेला पर्दैछ । त्यसलाई खोजेर भेला गर्नुपर्दछ र त्यसको अध्ययन गर्नुपर्दछ । त्यसले लिम्बूहरूको बारेमा नयाँ कुराको आविष्कार गर्दछ । कुनै ठाउँमा दरबार भेट्टाएको सुनिन्छ, कुनै ठाउँमा हातहतियार, शिलालेख । जातिको लागि त्यसको ज्यादै ठूलो महत्व छ । यसले लिम्बूहरूको वास्तविक इतिहास खोतल्न मद्दत गर्छ । यसले नै लिम्बूवान र लिम्बूहरूलाई बलियो बनाउँछ ।
७ लिम्वूवान स्वायत्त राज्य पुनप्राप्ति हुन्छ भन्ने कुरामा कतिको विश्वस्त हुनुहुन्छ -
उत्तरः पुन प्राप्ति भन्ने कुरा संभव हुँदैन । भन्नुको तार्त्पर्य समय नै अढाइ सय वर्षफरक भैसक्यो । हिजो हजारको संख्यामा भएको जनसंख्या लाखौ पुगिसके । लिम्बू जाति मात्र भएको क्षेत्रमा गैर लिम्बूहरूको बाहुल्य भैसक्यो । यी परिस्थितिलाई मध्य नजर गर्दा धेरै कुराको फरक भैसक्यो र वि.सं. १८३१ भन्दा अगाडि त्यहाँ लिम्बूवान भएको कुरा कतै देखिन्दैन भने पुन प्राप्ति केलाई भन्ने । हामी अहिले अधिकारको युद्धमा छौँ, स्वायत्तताको युद्धमा छौँ । यो कुरा हुन सक्छ । यसलाई पुन प्राप्ति भन्न मिल्छ जस्तो मलाई लाग्दैन ।
८. लेखन क्षेत्रमा कसैको प्रेरणा वा प्रभाववाट लाग्नु भएको हो कि - साहित्य लेख्दा तपाईले कस्तो महसुस गर्नु हुन्छ - कुन उदेश्यले बढी प्रेरित भएर लेख्नु हुन्छ - कुनै नयाँ कृतिको लागि योजनाहरू छन् कि -
उत्तरः म लेखनमा व्यक्ति विशेषको प्रभावले लागेको होइन, बढी रहरको कारणले लागेको हुन सक्छु । लेखक भन्ने महान् हुन्छन् र उनीहरूले किताब लेखेपछि सबैतिर प्रशंसा हुन्छ भन्ने लागेको थियो । उनीहरूको जीवनस्तर उच्च हुन्छ भन्ने मनोविज्ञान थियो ममा । म कसैको प्रेरणाले भन्दापनि महान् हुने सपना बोकेर लागेको हुँ । तर आज बुझदैछु, वास्तवमा त्यस्तो होइन रहेछ । यो काम बडो कठिन हुँदोरहेछ । त्यसमा पनि हाम्रो जस्तो सानो बजार, प्रकाशक र वितरक नभएको बजार, भएका प्रकाशक र वितरक पनि संकुचित । यस्तो वातावरणमा धेरै समस्या हुँदोरहेछ । लेख्ने, छपाउने, वितरण गर्ने सबै काम गर्दा गाह्रो हुँदोरहेछ । हामी आदिवासी, लिम्बूवानको लागि लेखिरहेपनि औलामा गन्न सकिने मान्छेले पनि "आदिवासी, लिम्बूवानको लागि लेखिरहनु भएको छ" भन्न गाह्रो मान्दारहेछन् । यस्तो अवस्थामा समाजको लागि लेख्दैछु भन्नु पनि कताकता असजिलो लागिरहेछ मलाई ।
अरूलाई कस्तो लाग्छ कुन्नी साहित्य लेख्दा आनन्द लाग्न थालेको छ । जति लेख्दापनि लेखुँलेखुँ लाग्छ, सच्याउसच्याउ लाग्छ । आदिवासी उपन्यास मैले बीस पटकभन्दा बढी सच्याएको छु । किन हो मलाई यो जति हेर्‍यो उति मजा लाग्छ । अझै पनि घरीघरी पढ्न अल्सी लाग्दैन । कताकता भन्न खोजेको कुरा भन्न सकिनँ कि लाग्छ । समयलाई यसले सबैभन्दा राम्रो समातेको ठानेको छु । त्यसैले प्रकाशन गरिहालेँ । अन्यथा अझै हेने विचार थियो ।
मेरो लेखनको उद्देश्य चेतना हो । खासगरी आदिवासी जनजातिहरूको चेतना । हामी कुन अवस्थामा छौँ । हिजो कुन अवस्थामा थियौ । किन हामी अधिकारबाट बञ्चित छौ - अब के गर्नुपर्दछ भन्ने खालको आदिवासी चेतना लिएर साहित्यमा आएको छु । नेपालमा आदिवासी साहित्य आदिवासी समालोचना कहिले गरिएन, त्यसैले यस्तो साहित्य पनि लेखिनुपर्छ भन्ने साहित्य लेख्न खोजिरहेको छु । केही वर्षेखि जीवनलाई भयवादिय दृष्टिकोणबाट हेदा कस्तो देखिन्छ भनेर उतातिर पनि अगाडि बढ्दैछु ।
नयाँ कृतिमा उपन्यासको एउटा पाण्डुलिपि छ । त्यसले मेरो मन तान्न सकेको छैन । एउटा भयवादको काव्य छ । पुरानो भाषामा महाकाव्य हुन्छ म यसलाई भयवाद काव्य भन्न रूचाइरहेको छु । यो अन्तिम तयारीमा छ । यसमा धेरै प्रयोग बनाएको छु । पाठकलाई भद्दा लाग्न सक्छ । मलाई किन हो मजा लागिरहेको छ । दिन जुरेछ भने आउँदो वर्षप्रकाशन गर्ने इच्छामा छु । त्यही काव्यलाई अनुप्रास नयाँ ढंगले राखेर र कथा, मिथक नयाँ हालेर अर्को काव्य बनाउने पनि सोचिरहेको छु । काव्यको लागि हाम्रा मिथक, कथा हाल्ने विचारमा छु । यसले हाम्रा मिथकहरूलाई स्थापित गराउँछ । मुन्धुमलाई साहित्यमा कसरी लेख्ने हो त्यो पनि सोचिरहेको छु ।
९ डायस्पोरिक नेपाली साहित्य लेखनमा तपाई नै प्रथम भयवादको प्रवर्तक हुनुहुन्छ यो वादलाई नेपाली साहित्यको मुलधारको लेखन चिन्तन र प्रयोगमा कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ होला -
उत्तरः डायस्पोरिक नेपाली साहित्य लेखनमा भयवाद निकै मजबूत बन्दै गइरहेको छ । यसका अवधारणाहरू आइसकेका छन् । अवधारणामा नेपालका र हङकङका विद्धान्हरू बीच वृहत छलफल भइसकेको छ । यसको साहित्यिक प्रयोग आदिवासी उपन्यासमा बनेको छ । अवधारणा र साहित्यिक प्रयोगमाथि नेपालमा भरखरै वृहत छलफल भएको छ । भयवाद र भयवादिय साहित्यबारेमा धमाधम समाचार, लेख, साहित्य लेखिन थालेको छ । यसले डायस्पोरिक नेपाली साहित्यको उचाइ बढाउन मद्दत पुर्‍याएको छ र हिजोको पुराना विस्वासहरूमा नयाँ विस्वासहरू बन्न थालेका छन् । जीवन र जगतलाई हेने नयाँ नयाँ मान्यताहरू बन्न थालेका छन् । यो नै सकारात्मक पक्ष हो । आफूलाई मूलधारको साहित्यकार भन्ने एक किसिमको घमण्ड बोक्ने साहित्यकारको झुण्डलाई यसले घचघचाउन थालेको छ । घमण्डले सृजना गर्दैन भन्ने कुरा बताउन थालेको छ । मूलधारको साहित्यिक कुनाबाट भन्दा बेग्लै धारको साहित्यको आवाज ठूलठूलो सुनिन थालेको छ । जसको आवाज चारैतिर सुनिन्छ ऊ नै मूलधार बन्न सक्छ । जहाँ सम्म अहिले केही साहित्यकारहरूले मानिरहेको मूलधारको कुरा छ त्यहाँ प्रवेश गर्ने दुइटा बाटाहरू छन् एक बेगल धारको साहित्यलाई मूलधार बनाउँदै लैजाने र अर्को अहिलेका मूलधारको साहित्यकारको बीचमा छलफल, अन्तरक्रिया, समाचार, समिक्षा लिएर हस्तक्षेप गर्ने । जसको जति धेरै प्रसारप्रसार हुन्छ ऊ नै मूलधार बन्ने हो । त्यसैले मूलधारमा प्रवेश गर्न उम्दा साहित्य, विचार लिएर हल्लाखल्ला गर्ने हो । अन्यथा जति नै राम्रो साहित्य गरेपनि किनारामा फालिन्छ । मूलधारको भनिने अहिलेको चर्चित उपन्यासहरू पल्पसा क्याफे, राधा, घनचक्करभन्दा आदिवासी कम छ जस्तो लाग्दैन । अझै यसमा नवीन विचार छ । तर पनि किनारामा फाल्न खोजिएको छ । नेपाली मूलधारको साहित्यले अन्तराष्ट्रिय जञ्जलजस्तै चरित्र देखाउँदै आएको छ । यो साहित्य विकासको लागि घातक हुन्छ ।
१० लिम्वूवान व्लगस्पोट मार्फ समस्त तपाईका पाठक तथा शुभचिन्तकहरूलाई केही सन्देश दिन चाहानु हुन्छ कि -
उत्तरः यस पोष्ट मार्फ म के भन्न चाहान्छु भने साहित्य जीवनको अभिन्न अंग हो । यसलाई आत्मसात गर्नुपर्छ । आन्दोलन, जुलुस, भाषण गरेर मात्र दीघकालिन लक्ष्य प्राप्त गर्न सकिन्न । दीघकालिन लक्ष्य त साहित्य, भाषा, लिपि, धर्मसंस्कारले बोकेको हुन्छ । त्यसैले आन्दोलन, जुलुस र भाषणमा लागेका सबै मान्छेहरूलाई म साहित्य पनि पढ्ने आग्रह गर्दछु ।

No comments: