Thursday, January 8, 2009

जीवन र जगतलाई हेर्ने अर्को नवीन चस्मा हो ।



डां सञ्जीव उप्रेती
हङकङमा रहनु हुने साहित्यकार देश सुब्बाजीले नेपाली साहित्यमा नयाँ लेखनको अवधारणा "भयवाद" प्रस्तुत गर्नु भएको छ । उहाँको अवधारणा पत्र पढेँ मैले । पत्रमा रोचक र चित्त बुझदो धेरै कुराहरू आएका छन् । उहाँ सुरूमै भन्नुहुन्छ-"हामी सबै भयबाट निर्देशित छौँ ।" अब कारणहरू विभिन्न छन् । हामी मृत्युबोधको कारणले भयभीत भइरहेका हुन्छौँ । मान्छेको जन्मदेखि मृत्युसम्मको जुन यात्रा छ, यो अवधिमा मृत्युको बोध एक किसिमले रहिनै रहन्छ । त्यसले एक किसिमको भय सृजना गरी नै रहन्छ । अर्को कुरा जीवनमा द्वन्द छ, चाहे त्यो वर्गहरू बीचमा रहेको द्वन्द होस्, अथवा समाजका विभिन्न समुदायहरू बीच रहेको द्वन्द होस् अनि मान्छेको जीवनमा आफैभित्र रहेको द्वन्द होस् । यी सप्पै द्वन्दका कारणहरूले पनि भयको सृजना भएको हुन्छ ।
मान्छेको अहंको निर्माणले पनि यहाँ भय सृजना भइरहेको हुन्छ । मान्छेको पहिलो प्रेम भनेको आत्मप्रेम हो । आत्मप्रेमबाट हामी निर्देशित छौँ । आफ्नो 'म' अहंलाई हामी सामूमा राख्छौ । तर त्यो आफ्नो चाहिँ सधैँ सङ्कटमा हुन्छ । त्यो अहं अथवा 'म' लाई विविध शक्तिहरूले जोरी खोजिरहेका हुन्छन् र त्यो 'म' लाई जोगाउनु पर्ने भावनाले पनि हामीमा भयको अनुभूति भइरहेको हुन्छ ।
देशजीले अवधारणा पत्रमा धेरै रोचक कुराहरू पनि गर्नुभएको छ । मान्छे भयै-भयबाट घेरिएको हुनाले सहारा खोज्छ । यस्तो स्थान खोज्छ जहाँ लगेर आफूलाई अड्काउन पाउँ । त्यही कारणले नै जगत्मा विविध वादहरू निस्केका हुन् भन्नुभएको छ । एउटा वाद भनेपछि त्यो वादमा आफ्नो अस्तित्वलाई झुण्ड्याउन पाइयो भने त्यसले जीवनलाई स्थिरता दिन्छ । त्यो सबैतिरबाट चेपिएको 'म' छ, त्यसलाई पनि स्थिरता दिन्छ र भय अलि कम हुन्छ । यर्सथ, विभिन्न वादहरू भयसँग "डिल" गर्ने तरीकाहरू हुन् भन्नुहुन्छ । उहाँ फेरि थप्नुहुन्छ-भयलाई नै केन्द्र गरेर यसलाई व्याख्या गर्ने कुनै सिद्धान्त आउन सकेन । देशजीको भयवादको क्यान्भास अलि ठूलो छ । उहाँले पूर्वीय दर्शनहरूका साथै पश्चिमी दर्शनहरूको चर्चा गर्नुभएको छ । मार्क्सवाद, अस्तित्ववाददेखि लिएर हिन्दू साहित्यमा भयवादको कुरा उठाउनुभएको छ । आयामेली लेखन, लीला लेखन, सृजनशील अराजकता, रङ्गवादहरू सबैमा भयका पक्षहरू छन् । तर भयलाई केन्द्रमा राखेर हेर्ने दृष्टिकोण उहाँहरूमा विकसित नभएको उहाँको तर्क छ ।
मुख्यतः भयवादमा मैले तीन किसिमका कुराहरू परेको देखिरहेको छु । एउटा चाहिँ भयवादी सिद्धान्त, दोस्रो भयवादी लेखन र तेस्रो भयवादी समालोचना । भयवादी सिद्धान्तको कुरा गर्दा सबै संसारलाई भयको दृष्टिकोणले हेने । त्यो भयवादी सिद्धान्तको एउटा पाटो हो । त्यसपछि भयवादी लेखनको कुरा गर्नुहुन्छ उहाँ । भयलाई कसरी कम गर्ने - भयलाई पर्ूण्ा रूपमा हटाउन सकिन्छ उहाँले भन्नुहुन्न । भयलाई कसरी "म्यानेज गर्ने", भरसक कसरी कम गर्ने उहाँले भन्नुहुन्छ । र "स्वतन्त्र"भएर कसरी बाँच्ने यो चाहिँ भयवादी लेखनले मद्दत पुर्‍याउँछ उहाँ थप्नुहुन्छ । अनि त्यो लेखन चाहिँ कस्तो हुन्छ - उहाँले केही तरीकाहरू अवधारणा पत्रमा उल्लेख गर्नुभएको छ । एउटा क्रस लेखन, प्रकट लेखन, वृत लेखन र आयात लेखन । यी भयवादी लेखनका तरीकाहरू भन्नुहुन्छ । यसको बारेमा अलिअलि कुराहरू आएका छन् तर त्यति प्रष्ट देखिनँ मैले । यो चाहिँ मेरै विचारमा लेखनमै आउनुपर्छ । अब हामीले भयवादी सिद्धान्तको अवधारणा पत्र त पढ्यौ तर भयवादी सिद्धान्त लिएर कविता लेख्दा कस्तो देखिन्छ । कथा लेख्दा, उपन्यास लेख्दा कस्तो देखिन्छ - त्यो चाहिँ कृति हेरेर नै थाहा पाइन्छ ।
देशजीले उठान गर्नुभएको भयवादी समालोचनाचाहिँ मलाई सबल लागेको छ । उहाँ भन्नुहुन्छ-भयवादी समालोचना भयवादलाई मानेर लेखिएको कृतिहरूमा मात्रै होइन अरू इतर सिद्धान्त मानेर लेखिएका कृतिहरूमा पनि भयवादी समालोचनाले व्याख्या गर्न सकिन्छ । जस्तो, पारिजातको उपन्यास, श्रवण मुकारुङ्गको कविता अनि धर्मेन्द्रको उपन्यासमाथि भयवादी दृष्टिकोणबाट व्याख्या गर्दा भयवादी समालोचनाको विकास हुन्छ, जिकिर छ देशजीको ।
भयवादमा मैले केही कमजोरी पनि देखेको छु । हुन सक्छ, त्यो मेरो बुझाइको कमजोरी पनि हो । अनि अर्को कारण भयवादको क्यानभास विस्तृत भएर पनि यस्तो भएको हुन सक्छ । धेरै कुरा अटाएको छ यसमा । पूर्वीयदेखि पाश्चत्य दर्शन, अस्तित्वाद, आयामेली, लीला सबै अटाएको छ यसमा । यही व्यापकताले होला केही साधारण टिपोटहरू यसमा आएको छ । जस्तो कि, उहाँले शून्यवाद र विनिर्माणवादको कुरा उठाइ दुवैमा एक किसिमको समानता देखाउनु भएको छ । तर शून्यवाद र विनिर्माणवाद छुट्टाछुट्टै कुराहरू हुन् । शून्यवाद आउने ऐतिहासिक पक्ष छ । शून्यवाद धेरै पहिले नागार्जुनले प्रतिपादन गरेको हो भने विनिर्माणवाद ६० तिर डेरिडाले प्रतिपादन गरेको हो । र यसको भिन्नतालाई नकोट्याउँदा पनि अपत्यारिलो र साधारण टिपोट आएको जस्तो मलाई लागेको छ ।
अवधारणा पत्रको पृष्ठ ६ मा देशजीले एउटा मेटाफिजिक्सको विकास गर्नुभएको छ । त्यसमा चेतन र अवचेतनको कुरा गर्दा मेटाफिजिक्स आएको छ । चेतन र अवचेतनको कुराचाहिँ सिग्मण्ड पmायडबाट आएको हो । देशजी भन्नुहुन्छ-मान्छे मरेपछि अवचेतनहरू चाहिँ टुक्रिन्छ । टुक्रा-टुक्रा भएर ब्रहृमाण्डभरि घुमिरहेको हुन्छ । र जब अर्का मान्छे जन्मन्छ, त्यो अवचेतनका टुक्राहरू त्यो मान्छेमा र्सन जान्छ । अब यो मेटाफिजिक्सलाई हामीले मान्ने कि नमान्ने कुरा हुन्छ । वैज्ञानिक हिसाबले प्रमाणित छ देशजी भन्नुहुन्छ । यसमा केही किताबहरू लेखिएका होलान् । तर प्रष्ट रूपमा वैज्ञानिक आधारले यसलाई मान्ने कि नमान्ने - प्रश्न उभिएको छ ।
देशजीले अवधारणा पत्रको पृष्ठ चौधमा डेरिडाले नयाँ केन्द्रको कुरा गर्छन् तर अहिले नयाँ केन्द्र पनि सम्भव छैन भन्नुहुन्छ । तर मलाई लाग्छ डेरिडाले नयाँ केन्द्रको कुरा गर्नुभएको छैन । नयाँ केन्द्रलाई र्समर्थन गर्नुभएको छैन । विनिर्माणवादको पूरै सिद्धान्त नै केन्द्र विखण्डन गर्नु हो । केन्द्रलाई विनिर्मित गर्नु हो ।
अन्त्यमा, यत्रो वादहरू साहित्यमा किन आउनुपर्‍यो भन्ने तर्क पनि यहाँ उठाउँछन् । म एउटा कार्यक्रममा बोल्न गएको थिएँ । त्यहाँ एउटा विद्वान् मित्रले बोल्नु भयो-"यी सब बेकारका कुराहरू हुन् । रङ्गवाद भनौँ, लीला लेखन र विनिर्माणवाद भनौँ सब बेकारका कुराहरू हुन् । कवितालाई बुझन कुनै वादको जरूरत पर्दैन । कुनै एउटा फूललाई हेर्नुहोस् । त्यो कति सुन्दर छ । आफैमा फुलिरहन्छ । त्यसलाई बुझन कुनै वाद चाहिन्दैन ।"
तर मलाई के लाग्छ भने, वादहरू भनेको हेर्ने दुष्टिकोण अनि अभ्यास हो । अभ्यास भन्नाले कथा, कविता, उपन्यास लेख्ने अभ्यास भयो । त्यो अभ्यासलाई हेर्ने दृष्टि, सिद्धान्त, दृष्टिकोण चाहिँ वाद भयो । फूललाई हेन कुनै वाद चाहिँन्दैन । त्यो आफैमा सुन्दर छ भन्नु नै मानवतावादबाट आएको छ । हेर्ने चस्मा त हामीले कुनै न कुनै रूपमा लगाइरहेकै छौँ नि ! पहिले एरिस्टोटलको अहिले डेरिडाको । कहिले लीलाको कहिले रङ्वादको । वादहरू बिना हामी आउट साइडर थ्यौरीमा छौँ जस्तो लाग्दैन ।
अब हामीमाझ नयाँ भयवादको चस्मा आएको छ । दृष्टिकोण आएको छ । यसलाई हामीले स्वागत गर्दै जीवनलाई अझ विस्तृत बुझौँ, मिहीन बुझौ लागेको छ ।
- १२ फागुन २०६३ होटल अशोका बागबजारमा भयवादको अवधारणापत्रमाथि डा. सञ्जीव उप्रेतीले राख्नु भएको विचारको सम्पादित रूप )

1 comment:

Unknown said...

Dear Sanjeev Sir

It's as a comment on the comment of Mr. Desh Subba's article-fearism.

I have been your fan since I read your novel 'Ghanchakkar' (in Nepali). And, for you, I also have preserved a page of my comments. May be some day, I'll post it on your email, which i don't have now.

I got an email from Desh Subba yesterday along with the link to fearism.blogspot.com. I guess, Dr. Govinda Raj Bhattarai sir might have forwarded him my amail address. There I read your article on fearism. Although I haven't read Mr Subba's article, you made me crystal clear on it. Besides, you've added a lot more for the literary fans, precisely, the way of literary criticism. Your critical appraisal on Mr. Subba's writing is worth appreaciating.

Should you not mind, I would like to be in touch with you in the days to come.

Madan Suvedi
msuvedi@gmail.com