Wednesday, February 4, 2009

वनफूल र उसको हराएको थुङ्गा

मनु मन्जिल
-------------------------------------------------------------------------------"
आदिवासी" उपन्यास पढेपछि म एकाएक आफ्नो विगततिर फर्किएँ । वितेको युगको मोह जागेर आयो । आफ्नो विगततिर जानु आफ्नो सक्कली अनुहारतिर र्फकनु जस्तै हो । हराएको परिचय पत्रको खोजी गरेजस्तो मेरो आफ्नै जीवनको एक घटनाजस्तै, रुपजस्तै लाग्यो । यो एक अनुभूति हो ।नायक निसाम् देश सुब्बाको चेतनामा हर्ुर्केको एक विछुट्टैै सुन्दर युवा हो । ऊ डराउँछ यर्सथ कि ऊ अत्याधिक सचेत छ । त्रिनिदादमा हर्ुर्केका बेलायती लेखक भी.एस. न्यातपालका अनेक पुस्तकहरूमा निसाम् जस्तै पात्रहरू भेटिन्छन् जो आत्म-संर्घष्ामा एकदमै खारिएर आफ्नो परिचय खोज्दै विगततिर यात्रा पर्छन् । देश सुब्बाज्यूको पात्र निसाम् चेतनाको यात्रा गर्छ । आदिवासी जगतको आदिम रुप कल्पना गर्छ र भय ग्रस्त घरबाट निक्लेर त्यो ठाउँ र समयभित्र प्रवेश गर्छ ।त्यो नायक रोमान्टिक कविहरूजस्तै आजको जीवनबाट भाग्छ र "पेस्टोरल टाइम" तिर पुग्छ । प्रकृति पुजा गर्ने ठाउँ र समयमा पुग्नु भनेको हाम्रो चेतनाको जग भएको ठाउँ र समयमा पुग्नु हो । निसाम्मा जागेको भय परिचयको सङ्कटको परिणाम हो । फ्रेञ्च दार्शनिकहरूले त्यसलाई "क्राइसेस दे आइडेज्टनइट्" भन्दै र व्याख्या गर्दै आएका छन् । तर भय एक सुन्दर चेतना रहेछ जस्तो लाग्छ "आदिवासी" उपन्यास पढेपछि । मानिसले केही गर्छ भने त्यो भयबाट मुक्त हुने एक प्रयास मात्र गर्दै रहेको छ । सुरक्षा, आविष्कार, प्रेम, युद्ध, उन्नति सबै भयको चेतनाका परिणामहरू हो रहेछन् । निसाम्को भय र त्यसको कारण प्रारम्भमा अगोचर छ तर त्यसबाट भाग्न निसाम् एक उज्यालोमा आइपुग्छ जहाँ झर्नामा उसले आफ्नो स्पष्ट अनुहार देख्दछ । अर्थात भयले आक्रान्त निसाम् मुक्तिको बाटोमा दगर्ुछ र थाहा पाउँछ कि जीवन हल्लिन्छ यसकारण कि यसको जग भयले देखेको छ । रहस्यवादीहरूले भन्ने गरेको एकचुलालाइजेशन भन्ने बुझिन्छ निसाम्को छट्पट्ट िर प्राप्तिमा । उपन्यास रमाइलो छ ।मानिसको प्रत्येक संर्घष्ा परिचयको लागि हो । नेपालमा भैरहेका आन्दोलनहरू दविएका लहरहरू उठेका छन् । ती लहरहरू इतिहासमा आफू देखिन चाहान्छन् । ती टायर बाल्छन् । गोली पड्काउँछन् । नारा उचाल्छन् । विचार अघि र्सार्छन् । लेख्छन् । बोल्छन् । विवाद गर्छन् । यथार्थमा ती भयभीत छन् कि कतै यो समय पनि त्यतिकै बित्ला । पहिचानको खोजी अनेक रुपमा प्रकट भैरहेको मात्र हो । संर्घष्ाशील सबै मानिस निसाम्का अनेक स्वरुपहरू छन् ।उपन्यासभरि सघन बहस छ । "भयवाद" व्याप्त छ किताबभरि र मिथकमा, संवादमा, घटनामा, कार्यमा, संर्घष्ामा, भेट्घाटमा, एकान्तमा, मौनतामा, भीडमा, सबैतिर भयको उपस्थिति छ । ग्रिसेली दार्शनिकहरूको "क्याटकिजम" को अभ्यासजस्तै लाग्छ यो पुस्तक जहाँ नायक बोलिरहन्छ । अपरिचयको चिन्ताले ग्रसित बस बोलिरहन्छ । ऊ मानौ अपरिचयको चिन्ता व्यक्त गर्न खोज्छ तर जीवनमा भय थुपारिरहन्छ । जीवनमा पनि भय छ । मृत्युको पनि भय छ । रोग, भोक, शोक छन् जीवनमा । सुख गुम्ला भन्ने भय पनि छ । निसाम्ले त्यो बुझेको छ । ऊ भाग्छ । भाग्दा ऊसित आदिम वस्तीमा भयको छायाँ पनि पुग्छ । तर त्यो वस्ती उसका आफ्ना पर्ुखाहरूको वस्ती हो । ती मानिसहरू देवताझैँ असल छन् । ती दयालु र पर्ूण्ा मानवीय स्वभावले भरिएका छन् । प्राचीन समयका सद्गुणहरू देखापर्छन् त्यहाँ र अचानक निसाम्लाई प्राप्तिको अनुभूति हुन्छ । पुस्तकमा मानवको खोजी पनि व्यापक र सघन छ ।"जीवन के हो", "मन के हो", "चेतना के हो" आदि दार्शनिक विषयमा बहसहरू भएका छन् उपन्यासभित्र । आदिवासीहरूलाई रक्सी, जाँड र जीवनका औसत सुखहरू र औसत कुरुपताहरू छाडेर चेतनाको विछुट्टैै लोभलाग्दो धरातलमा उक्लेर बहसमा भाग लिन प्रेरित गर्दछ उपन्यासले । यो एक प्रकारको सजातीय मोह हो । अर्थात आफ्नो जाति समूहको पहिचान आफ्नो पनि पहिचान हो भन्ने भाव प्रकट गर्दछ निसाम् । यसलाई "नश्लीयताबोध" भनेर अराजकतावादी र रङ्गवादी साथीहरूले व्याख्या गर्दै आउनु भएको छ । जो उत्तर आधुनिक बहसको एक मूल कुरा पनि हो ।मौलिक बचाउने सवालमा देश सुब्बा ज्यादै संवेदनशील छन् । भाषा, लिपि, धर्म, संस्कार, संस्कृति नजोगाइ सडकमा नारा लगाउनु अर्थहीन कुरा हो भन्ने लेखकको मान्यता छ । आफ्नो अनुहार जोगाएर मात्र ऐनाको खोजी गर्नुपर्दछ भन्ने सोँच सत्य जत्तिकै सबल र सुन्दर छ । यो कता कता एक सचेत लेखकले वहन गरेको सामाजिक उत्तर दायित्वको भाव हो भन्ने मलाई लाग्छ । मौलिकता बचाउनु आफ्नो पहिचानका लागि अनिवार्य छ । जुत्ता हराएपछि बुट्पालिसको खोजी वा बुट्पालिस चम्काउन प्रयास गर्नु किन अनिवार्य छ र -देश सुब्बाले सिद्धान्त र सिर्जना एकसाथ दिएर हाम्रो साहित्यलाई गुन मान्छु म । उनको निसाम् मेरो प्रिय पात्र हो । आदिवासीहरूको उपस्थिति यो मुलुकको मौलिक चरित्र पनि हो । तिनलाई बचाउनु र सम्मान दिनु अब आदिवासीहरूको मात्र कर्तव्य होइन । मौलिकताको रङ ओइलाउँदै गएको भय देश सुब्बाज्यूसित छ । र त्यसलाई बचाउने र त्यसको पहिचान खोज्ने कर्तव्यतर्फसजातीय अभिमुखीकरणको प्रयास पुस्तकमार्फ उहाँले गर्नुभएको छ । वनफूलले आफ्नो थुँगा वा पात हराएर अनि शहरभित्र गएर आफ्नो नाम सोधे कसले के भन्लान् - देश सुब्बाज्यूलाई यो विछुट्टै राम्रो उपन्यासका लागि बधाइदिन चाहन्छु । र भन्न चाहान्छु- "आदिवासी" पढेपछि म नयाँ क्षितिजतिर फर्किएर व्यूँझिएको छु ।( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )

No comments: