Monday, August 4, 2008

देश सुव्वाको भयवाद माथि राष्ट्रिय बहस


प्रदीप मेयाङ्बो
धरान, १९ साउन- भयवादका र्सजक तथा आदिवासी उपन्यासका लेखक देश सुव्वा हङकङमा रोजगारी गरिरहे पनि उनको साहित्य र दर्शनको सिर्जनालाई सम्मान गर्दै धरानमा जमघट गरे । उनको उपन्यास माथि बहस चलिरहदा समालोचकहरुले हङकङमा बसेर भयवाद सिर्जना गर्ने धराने स्रष्टा देश सुव्वाको
लेखक देश सुव्वाको उपन्यास आदिवासी र दर्शन भयवाद माथि समलोचकीय बहस गर्दै डा. गोविन्द भट्टर्राई । तस्वीर प्रदीप मेयाङ्बो
उपन्यास 'आदिवासी' र 'भयवाद' दर्शनको राष्ट्रिय बहस धरानबाट सुरु भएको घोषणा गरे । धरानमा विजयपुर मिडिया गु्रपले शनिबार आयोजना गरेको देश 'युवा स्रष्टा देश सुव्बाको आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रिय बहस'मा राजधानी र पर्ुवाञ्चलका नौ जना समालोचकहरुले जमेर गांठी कुरा खोतल्ने प्रयास गरे ।
उत्तर आधुनिक परिसम्वादका व्याख्याता मानिएका डा. गोविन्द भट्टर्राईले नाङ्लोको वीचमा तीन पाने रक्सीले भरिएको कठुवालाई लिम्बु मुन्धुमी परम्परा अनुसार गोलाकार भएर च्याब्रुङ बजाउदै घुमेर सुरु भएको उक्त वहसमा भने, 'भयवाद नेपाली साहित्यमा कान्छो आन्दोलन भएर धरानबाट सुरु भयो ।' लेखक सुव्वाले आदिम चेतनालाई भयवादी उपन्यास आदिवासीमा प्रजातीय राष्ट्रवादको उदय गराएको बताए । भयवाद पहिले पनि रहेको तर त्यसलाई सुव्वाले अन्य विभिन्न विषयबाट खास गरी लिम्बु मिथकबाट पैचौ लिएर सैदान्तिकरण गरेको भट्टर्राईले बताए ।
पुवका सय जना कनिष्ठदेखि कपाल फुलाएका साहित्यकार लेखक समालोचक, कवि गजलकारको जमघटमा भाषाशास्त्रि तथा समालोचक डा. टंक न्यौपानेले देश सुव्वा हङकङमा बैदिशिक रोजगारमा गएर पनि नेपालमा चलेका नया चेतनालाई उपन्यास आदिवासी र भयवाद दर्शनबाट छामी रहेका छन् । मोतीराम भट्ट देखि सुरु भएको काव्यीक आन्दोलनको नवीन छातामा थपिएको नया करङ हो भयावाद र भयवादी उपन्यसा आदिवासी ।'
डा. न्यौपानेले समालोचकीय टिप्पणी गर्दै भने, 'भयवादको केन्द भय नै हो । र, मानिस भय मुक्त भए पछि जीवन सहज बन्छ भन्ने भयवादको सन्देस हो ।'
लिम्बु मुन्धुमका ज्ञाता मानिएका अर्जुनवाबु मावोहाङले सत्ताको भयलाई आख्यानकार सुव्वाले स्थापित गर्नु खोजेको निष्कर्षनिकाले । उनले थपे, 'भयवादी उपन्यास आदिवासीको मुख्य श्रोत लिम्बु मिथक देखिएको छ । उपन्यासका नायक निसाम आदिम सभ्यताको छायांमा बसेर आफ्नो सांस्कृतिक धरोहरको पुनस्थापना र निरन्तरताका लागि जुझारु बन्दै भय मुक्त हुन खोजेका छन् ।'
डा. खेम दाहालले सुव्वाको भयावादी उपन्यासका पात्र निसाम प्रतिभाशाली भए पनि वर्तमानको भयबाट त्रसित भएको बताए । भयवादी उपन्यास आदिवासीमा पात्रहरु राम्रा संस्कार को खोजी गर्दै भय मुक्त बन्ने प्रयास गरेका छन् । आदिवासीलाई चिनाउने जमर्को गरेका छन् ।'
प्रखर समालोचक कवि मनु मंजिलले भयवादी उपन्यास भित्र लेखक सुव्वा मौलिकता जोगाउने सवालमा संबेदनशील भएर सजातिय मोहले आदिम बस्तीमा भाग्दा भयको छायामा पुगेको बताए । उनले भने, 'आदिवासीको मौलिकता लोपहुने भय लेखक सुव्वाले उपन्यास भरी र भयवाद दर्शनमा मिथक संगै जोडेर नया चेतना दिएका छन् ।'
वहसमा युवा समालोचक मुनाराज शेमा लिम्बु, ज्योति जंगल, कृष्ण बरालले सुव्वाको भयवादी उपन्यास आदिवासी नेपाली साहित्यमा नया प्रयोग भएको बताए ।
बहस सुरु हुनु अघि अतिथिहरु संगै लिम्बु कलाकार टोलीले च्याबु्ङ नाचेर नाङ्लोमा राखिएको फूलपाती संगै रक्सिले भरिएको कठुवा वरिपरि घुमेर नाचेका थिए ।

No comments: