Thursday, July 24, 2008

भयवाद र आदिवासी उपन्यासको राष्ट्रिय सम्मेलन धरानमा




भयवाद र आदिवासी उपन्यासको यही अगस्ट २ तारिख विजयपुर मिडिया ग्रुप प्रा. लि. धरानको संयोजनमा धरानको ड्रीमल्याण्ड होटलमा राष्ट्रियव्यापी सम्मेलन हुने भएको छ । सम्मेलनमा आदिवासी जनजाति साहित्य र भयवादमा समालोचकहरू डा. गोविन्द भट्टरार्इ, डा. टंक न्यौपाने, डा. खेम दाहाल, साहित्यकारहरू मनु मञ्जिल, शिव रेग्मी प्रणत, कृष्ण बराल, तुलसी भटटर्राई, अर्जुन बाबु माबोहाङले कार्यपत्र पेश गर्ने छन् ।
सम्मेलनमा विराटनगरबाट कृष्णभूषण बल, दीपा अविरल, राधिका गुरागाई, डम्बर घिमिरे, खेम नेपाली, सुमन पोखरेल, मिन कुमार, लाबण्य सापकोटा, लोचन रिजाल, रमा प्रसाद रिजाल, ज्योति जंगल, इटहरीबाट मनु मञ्जिल, कुमुद अधिकारी, श्रीधर शर्मा, बद्री विशाल पोखरेल, कृष्ण विनोद लम्साल, केशव बरुवाल, रामजी तिम्सीना, झापाबाट प्रकास आङदेम्बे, कृष्ण बराल, शिव रेग्मी प्रणत, मोनाराज शर्ेमा, बैदिक अत्रि, रश्मी शेखर सहभागी हुने छन् ।
काठमाण्डौबाट डा. गोविन्द भट्टर्राई, धर्मेन्दविक्रमनेम्बाङ र केही अन्य साहित्यकारहरू साथै पत्रकारहरू कान्तिपुरबाट अमृत भादगाउँले, हिमालबाट अनमोल मणि, समाचार पत्रबाट व्याकुल पाठक, रेडियो नेपालबाट रमेश पौडेल र अन्नपूण्ा पोष्टबाट राजकुमार दिकपाल पनि जादैछन् ।
धरानबाट डा. टङ्क न्यौपाने, डा. खेम दाहाल, बद्री पलिखे, प्रतिमा विवस र्राई अर्जुन बाबु माबोहाङ, जस कुमार र्राई, देवान किराती, श्रीसिसा र्राई, गोपाल देवान, राजकुमार कार्की लगायत स्थानीय समालोचक, साहित्यकार, पत्रकारको उपस्थिति हुने छ ।
धरानमा हुने यस साहित्यिक सम्मेलन अहिले सम्मकै सबैभन्दा ठूलो सम्मेलन हो । जनजाति साहित्य र भयवादी दर्शनको लागि यो सम्मेलन कोशे ढुङ्गा साबित हुने कुरा समालोचकहरू बताउँछन् । यस सम्मेलनलाई सफल पार्नको निमित्त धरान हङकङ मञ्च, जनजाति महासंघ हङकङ, जनजाति साहित्यिक समूह र नेपाली साहित्य प्रतिष्ठान हङकङले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
धरानमा हुने यस राष्ट्रियव्यापी साहित्यिक र वैचारिक सम्मेलनलाई सहयोग गर्नु मञ्चको नैतिक दायित्व भएको कुरा धरान हङकङ मञ्चका अध्यक्ष प्रदिप थाहा मगर बताउँछन् ।
"चाँडै नै नेपालमा जनजाति साहित्यको प्रतिष्ठान खोलिनुपर्छ । त्यसको निमित्त गरिने गोष्ठी, सम्मेलनमा हामी सबैले सहयोग गर्नुपर्छ" भन्नुहुन्छ जनजाति महासंघ हङकङका अध्यक्ष तथा जनजाति साहित्यिक समूह हङकङका संयोजक भूपेन्द्र चेमजोङ ।


No comments: