Wednesday, October 8, 2008

लिम्बुनी शौर्न्दर्यशास्त्रमा भयवादीय उपन्यास आदिवासी


धर्मेन्द्रमेन्द्रविक्रम नेम्वाङ
ठीक एतिबेला म देश सुब्बाको भयवादीय उपन्यास आदिवासी पल्टाउँदैछु ।
साहित्यको छिन्नभिन्न विद्यामध्ये उपन्यास, कथा, कविता, नाटक, निबन्ध एक किसिमको बौद्धिक, प्राज्ञिक विद्याको रूपमा लिइन्छ । उसो त गजल, रुवाई तांका, हाइकु, गीतहरूको आफ्नो मुल्य छँदैछ । पछिल्लो समयमा हामी कहाँ उपन्यास क्षेत्रको पक्षहरू जोड् विकसित हुँदैआएको पाइन्छ । हुन त अघिल्लो समयमा धुव्रचन्द्र गौतम, पारिजात, इन्द्रबहादुर राई लगायतको क्रियाले उपन्यासको क्षेत्र र पक्ष दुवैमा सरावरी गति प्रदान गरेर यो अगाडि बढेको छ । उहाँहरूको योग्यता उपन्यास क्षेत्रको प्रतिवेदन भयो । उपन्यासको वर्तमान भने गतिलो बयान छ । डा. गोविन्दराज भट्टराईको सुकरातको पाइला, डा. सन्जिव उप्रेतीको घनचक्कर, नारायण ढकालको दुर्भिक्ष, जगदिशशमशेर राणाको सेतो ख्याकको आख्यान, कृष्ण धरावासीको राधा, शरणार्थी, सरुभक्तको पागलबस्ती आदि उपन्यासहरू क्षेत्रीय, पठीय दुवैको दृष्टिकोणले गतिलो बिसाउनी स्वाभाविकै लेखनप्रविधि, चिन्तन, दर्शन, अवधारणा, नयाँपनको खोजी, आविस्कारको योजना, प्रयोगको जुक्ति आदिका कार्यकारणले केही केही स्वस्थ तरङ्ग नै हो । यै डिपार्टमेन्टल स्टोरमा थपिँदै छ उपन्यासकार देश सुब्बा उही 'आदिवासी’ ल्याएर ।
सामान्य रङ्गवाद

नेपाली साहित्यको विकासक्रममा एतिबेलासम्ममा विभिन्न दृष्टिकोण, धारणा, आन्दोलनहरूको उत्थान भइराखेको छ । यसको मातहतबाट अनेकन चिन्तन, दर्शनका साथ नजिकमा किताबहरू धमाधम प्रकाशन आइराखेको छ । यसले नेपाली साहित्यले आन्दोलनको अनुभुति, विद्रोहको भावना प्राप्ती समाइराखेको जस्तो उपलब्धी छ । 'विभिन्नता', 'अनेकता', फरकताहरू विभाजितताहरू, आपसीअनेकौँ ठूलो मिश्रणमा आ-आफ्नु मौलिकता, निजीत्वकासाथ सँगसँगै रहेको योग छ । यस्तो, व्यक्ति स्वायत्तको चिन्तन, वर्तमानको विघटनको दृष्टि वृद्धि भइरहेको रङ्गको गुणमा प्रवृति, मात्रा, प्रतिशत हलचल भइरहेको अवीस्यति छ । सही लाग्छ यो बनावटी जीवनलाई, जगत्लाई, गतिशीललाई, अचेतनालाई ।
२०६० सालको अन्तिमतिर विचारका आवइमक्यक्ताबोधले घोषणापत्रसित विशेष रङ्गवाद अगाडि आयो, वस्तुमा रङ्ग, वस्तुको रङ्गले वस्तु विघटित भई अवस्तु पनि नभई रङ्ग त्यसको अवस्था रङ्गी भइकिन उभिदा यो विचारको क्षेत्रमा फरक भएर रह्यो । यसले शुन्यवादमा सुधार आयो र त्यति पनि बस्यो रङ्ग र भयो रङ्गवाद । त्यस अघिको, शास्त्रहरूसँगको यसको मतको विभाजनको विषयमा पनि लेखिँदै आइसकिएको छ । विभिन्न अलेखनहरूमा यसको आफ्नु आयतन, क्षेत्रफलको विषय र सर्न्दर्भ पनि छँदैछ । यसरी रङ्गको प्रकृति, प्रवृत्ति, प्रवmम, पद्धति, चरित्र, व्यवहारको सिद्धान्तिकरण, सामान्य रङ्गवादले, साहित्यको, दर्शनको, जीवनको, देशको पुनसंरचनामा भागलिएको छ । प्रयोगहरू अगाडि बढाएको छ । वर्तमानको विघटन, नवनिर्माण परेको छ । अक्षरसँग सहयात्रा, सहकार्य गरेको छ । मिश्रणको उपभोक्ता भएको छ । आ-आफ्नु मौलिकतासहितको, निजीत्वसहितको व्यक्तिवादको बगुन्द्रोमा । व्यवहारवादमा विभिन्न भाषामा जस्तो नेपाली, अग्रेजीमा प्रशस्त भइएको छ । स्व. स्वप्निल स्मृति, प्रकाश विमिल, समदर्शी काइँला, सीमा आभाष, चन्द्र योङया, चन्द्रवीर तुम्बापो, अमर न्यौपाने, युवराज अर्याल, धर्मेन्द्रविक्रम नेम्बाङ आदिहरूको प्रत्यक्ष क्रियाशीलताले विकसित भइराखेको छ । अन्य भाषा अन्य क्षेत्रहरूमा पनि विकसित भइरहेको छ । समालोचक, साहित्यकार डा. गोविन्दराज भट्टराई, कुमारप्रसाद कोइराला, डा. सञ्जीव उप्रेती, डा. तुलसीप्रसाद भट्टराई, इश्वरवल्लभ, कृष्ण गौतम, नारायण ढकाल, यज्ञनिधि दाहाल, बैरागी काइँला, विष्णुविभू घिमिरे, डा. लक्ष्मणप्रसाद गौतम, कृष्ण धरावासी, विप्लव ढकाल, युवराज नयाँघरे, सुकुम शर्मालगायतका नामहरू रङ्गवादको उत्थान र विकासक्रमको दिनहरूमा प्रत्यक्ष या अप्रत्यक्ष विकसित गर्ने क्रममा त्यत्तिकै अनिवार्य हुन् । यसरी यो प्रतिवाद विकसित र निर्माण धेरैको मेहनत, श्रम र योग्यताले सम्भव भएको हो । यसमा अप्रत्यक्ष पनि थुप्रैको हात छ कुनैबेला लेखुँला कतै । त्यसरी यो रङ्गीन या साझा ब्यानर भएको छ । यो कसैको मात्रै नभै सप्पैको भएको छ । एक दुइको मात्र नभै बहुलको भएको छ । यहाँ भाषा, धर्म, जाति, वर्ग, लिङ्ग देश छ या उनीहरूको मुखपत्र, मुखपृष्ठ, नभई छ । अतिवाद, उग्रवादबाट टाढा छ । व्यक्तिवादको आफ्नु मुल्य त छँदैछ । हेर्नु, रङगै रङ्गको भीर, भीर अथवा रङ्ग, मान्छेको आत्महत्याको जग्गा, साँझको सँघारबाट, भीर, भीरैभीर रङ्गैरङ्ग, जेरामिडस् अफ ए थङ अथर -अंग्रेजी), भीरैभीरको रङ्ग, ढुङ्गा -कि), भगवानको आत्महत्याको जग्गा । रङ्गवादको सवअस्तित्वको मूल्य पसारेको छ, यसको सम्बन्धनको पाटाहरूको छलफल त छँदैछ, सवअस्तित्व भन्नु सहअस्तित्वभन्दा पनि टाढा । गतिशीलताले रङ्ग आफै गतिमा छ, या गतिशील छ सूचना दिन्छ, मिश्रणले मिसिएको तर आ-आफ्नै निजीत्व पक्रेर भन्छ, ठीक त्यही सबको अस्तित्व, जम्मेको अस्तित्व, अस्तित्वविहीनको अनुभुति नहुनु, नपार्नु । सत्यको खोजीमा नभई परिवर्तनको ध्येयले, नाताले, रङ्गीनमा साझा ब्यानरको रूपमा, जो कुनै जातिविशेषको मात्रै नहोस्, कुनै धर्मविशेषको मात्रै नहोस्, कुनै संस्कृतिविशेषको मात्रै नहोस्, कुनै भाषाविशेषको मात्रै नहोस्, कुनै वर्गविशेषको मात्रै नहोस्, कुनै आस्थाविशेषको मात्रै नहोस्, कुनै क्षेत्र र पक्ष विशेषको मात्रै पेवा नहोस्, यो पेवापात या आग्रहपूर्वाग्रह दुराग्रहबाट मुक्त अभियान सहितको दर्शनको आवश्यकताबोध थियो, जसले मेची महाकाली जोड्दै विश्वलाई जोडोस्, जहाँ जो पनि सप्पै बोल्न चाहने जति आवतजावत गर्न सकोस्, त्यो पनि सधैंको लागि नहोस्, आ-आफ्नै स्वफैसलामा भर परोस्, अरूहरूलाई पनि सवअस्तित्व कायम रहोस्, यो अति खुकुलो खुल्लाचिन्तनको अवधारणामा बढ्न, आवश्यकताबोधको साझापनालाई उचाल्न, रङ्गले रङ्गको गुण र किसिमले भेटघाट गर्‍यो, जसले परिवर्तनको निमित्त काम गर्छ, स्वायत्ताको निमित्त ।
आवरणरभयवाद आदिवासीको आवरणमा उपन्यास/भयवाद भन्नेको छ लेखकले । अघि देश सुब्बाजीले भयवादको घोषणा गर्नुभएको छ कम्प्युटर टाइपलिपि केही समय अघि छलफल चलाएको छ । यसकारण भयवादीय लेखन अर्न्तर्गतको औपन्यासिक कृति भएको छ यो जस्तो । भयवाद यसरी क्रमशः अगाडि बढ्दैआएको पाइसकिएको छ । नेपाली साहित्यको वर्तमानको आन्दोलनमा सामान्य रङ्गवाद संरक्षण कविता आन्दोलन, सृजनशील अराजकता, चक्रव्युह संचेतना, मुक्त अभियान, सिर्जनशील उत्तरवर्ती, लीलावाद, विलयन लेखन, मयविद्याजस्तै भयवाद पनि उभिएको छ । यसले अघिका नेपाली साहित्य आन्दोलनको विवेचना गर्दै भयमा यो कुरो पर्ने अभिव्यक्ति प्रकट गरेको छ । तिर्नेहरूलाई भयमा राख्तै जीवनको भयबाट वाद भएर यो अगाडि बढेको पाइन्छ । यसको आफ्नो स्थिति छ, त्यही नै उपन्यासको आवरणको भयवाद हो भन्नेमा पुगिन्छु ।
नाउँको सन्दर्भमा -
कृतिको नाउँ आदिवासी होबाट केही झलक थाहा हुन्छ कि आदिवासी सम्बन्धमा छ । आदिवासी भन्नाले आदिमवासी, आदिकालदेखि बसोबास गर्दै आएको जाति विशेष । जुनठाउँमा मानवबस्तीको शुरुआती गर्ने, त्यो विशेष ठाउँको हर्ताकर्ता भन्ने बुझ्छौ । आदिवासीहरू यसरी आफूले बसोबास गरेको, भस्मे खोरिया फोडेको ठाउँको, अग्रधिकार, विशेषाधिकार, स्वायक्तता, पेटेन्ट राइटका लागि विश्वभरि आन्दोलन गरिराखेको छ यो क्रम नेपालमा पनि विकसित भइसकेको छ । राज्यसत्ता, सासनसत्ताले विज्ञान, चुनौतीले विस्थापन गरेर समायानुकुल नभइकन अप्ठेरोमा पारिएको जातिहरू प्रायस आदिवासी नै परेकाहरूलाई, राजनिति शास्त्रले सुरक्षा दिन दगुरिरहेको छ । राजनीतिशास्त्र पनि यसरी सामयानुकुल, वातावरणनुकूल, भूगोलनुकूल परिवर्तन शंसोधन लगातार पाइदैछ । हाम्रो देश नेपालमा यतिबेला पुरानो संविधान फ्यालिँदै, पुरानो संरचना मिल्काउँदै नयाँ संरचनातिर अगाडि बढ्दैछ, यो वातावरणमा तापक्रममा आइपुग्नको लागि ०६२/०६३ को संयुक्त शान्तिपर्ण् र अहिंसात्मक जनआन्दोलन साहित्यिक जनआन्दोलन किनभने ब्यानर झन्डाको प्रदर्शन, नारावाजी, हड्ताल, अनशन आदि पद्धतिले रङ्गवाद यो जनआन्दोलनलाई साहित्यिक पाराको राजनीतिक आन्दोलन मान्छ, सम्पन्न गर्नु पर्‍यो । पुरानोले वर्तमानलाई थाम्न नसक्नु, हिजोले आजलाई नियन्त्रण गर्न नसक्नु-नमान्नुपर्ने चलन यसको क्रियाकारण सिद्धान्त भयो । पुरानो, पुनरावृति, हिजोबाट यसरी क्रमशः अलिअलि नयाँपनहरू थुप्रिँदै मात्रा र प्रतिशतहरू बढ्दै जनेछ गतिशीलताले । आजको सम्भावना, चुनौती, क्रियाशिलता अरू छ । यहीबाटको नयाँपन, भिन्नपन, छुट्टैपनजस्तो लाग्ने भूमिका, दृष्टिकोण, सम्भावना, समस्याजस्ता आदिको सहवरकको साथमा मात्र अब संयुक्त या रङ्गीन नेपाल बन्न सक्छ भन्ने सन्दर्भ हो । यो पनि, यसको जीवन पनि सदाकालको लागि छैन, कार्य कारण रङ्ग सदा अन्तरिम छ जस्तै । योबेलाको सम्भावना अनेकनमा आदिवासी सम्बन्धको व्यवस्थापन पनि हो, भूगोलको, इतिहासको, राजनीतिशास्त्रको, समाजशास्त्रको पुनर्संरचना, हिजो-अस्तिजतिको विघटन अनि मिश्रण । मात्रै होइन पनि, ठ्याक्कै होइन जस्तै, एक होइन अनेक आदिको ध्वनि । यो तापक्रममा आदिवासी उपन्यास देश सुब्बाको आइपुग्दैछ, सम्बन्धन आदिवासीको, संस्कृति, रीतिथिति, धर्म संस्कार आदि इत्यादिहरूको विश्लेषण । कृतिको नाउँबाट यो थाहा लाग्छ । सारमा इमानदारीता पनि उही हो लेखकको ।
तीन घुम्ती-
उपन्यासको घुम्तीहरू तीन छन् पहिलो भयको प्रकट । क्षेत्र समस्या, दोस्रो भयको खोज । बाटा । छट्पटावट । तेस्रो भयको प्राप्ति । ज्ञान प्राप्ति । सहजता । यो तीन घुम्ती आपसमा जोडिएको छ, नायकको घटनाले विस्तारित गरिएको सम्बन्धित छ । विषयवस्तु, सार, रूप, एउटै हो रङ्गमा मात्र केही अन्तर छ, विपरीत छ । यो एउटा नायक नियुक्त गरिएको उपन्यास हो, जसले क्रमबद्धताबाट टुङ्गिन्छ । पहिलोमा आदिवासीको स्थान स्थितिको खोजतलास गरिन्छ । यो चाप, घाम, चपेटाले उ बिरामी पर्छ । यस्तो बिरामी उ पटकपटक पर्छ । बिरामी पनि एउटा तापक्रम हो जसले यथास्थितिमा हलचल, अदलबदल, फेरबदल ल्याउँछ । रूपान्तरणको बेला यो क्रेतालाई पर्छ । अरू, भिन्न, नयाँ कुरो उपस्थिति, ग्रहण, नियुक्ति लिन पहिलेको, पुरानु, यथास्थितिमा कमसल, कमजोर अलिकति पर्न जरुरी हुन्छ, त्यो बिरामीजस्तो लाग्छ यो पात्रको बिरामी । केही नयाँपनको खोजिमा परेको बिरामी । आधुनिक्ता र उत्तरआधुनिक्ताको जपनमा, यथास्थिति र सुधारवादी, संसोधनवादीको तानातानमा, परम्परा र परिवर्तनशील, गतिशीलताको रथमा दोहोरो लेछालुछले बुद्धिमा हिर्काएर परेको बिरामी हो । यसलाई लेखकले भयको प्रकट । क्षेत्र समस्या भनिइकन बढाएको छ । यो अचेतनाको उपयोग हो भनेको सिद्धान्तमा अचेतना दर्सिला शक्ति जो वातावरण र जीन दुवै विपरीतमा हुन्छ । यहाँ वातावरण र जीनमा अचेतनाको प्रयोगले कतिपय चेतनालाई थाहै नदिई असम्बन्धित सम्बन्धजस्तो बनेर यो क्रिया हुन्छ जो गतिशीलता हो क्रियाकारण सिद्धान्त या सन्दर्भ स्रोत अचेतना हो, यो भीडको प्रहाण्डमा थाहै नदिई अगाडि बढ्छ जो गतिशीलता पनि हो, स्वाचालन रङ्ग प्रक्रिया हो । जस्तो एकदिन अचानक बिरामी भएँ विचित्रको लक्षणसित, क्षणक्षणमा अचेत हुने । व्यथाले चेपेपछि विभिन्न आवाज निकालेर कराउने र बर्बराउने गर्न थालेछु । कहिले रुने कहिले कराउने, कहिले उप्रिmने, कहिले कुट्ने, कहिले थरिथरी काप्ने हुन थालेछ । व्यथाले समाइन्जेल होस नहुने, केके केके क्रियाकलाप गरे भनेर अरूले बताउनुपर्ने, एकपटक त कैयौँ दिनसम्म होस् रहेन भन्थे आमाबाबा ! ... शरीरको कुन भागबाट हो एकदिन खोइ के हो निस्केर गएको देखे । आकार राम्रो ठम्याउन सकिनँ, कीराजस्तो, छायाँजस्तो, मान्छेजस्तो थियो त्यो । हंस निस्केर गएको हो कि जस्तो लाग्यो डराएँ । डरले निक्कैबेर कापीरहे । मर्छ कि जस्तो लाग्यो । ... मलाई निको बनाउन उहाँहरूले उपलब्ध भए सम्मका सबै उपचार गर्नुभयो । ... कुनै पनि विषयलाई सत्य बनाएर एकै ठाउँमा राख्न खोज्ने यथास्थितिवादी मान्छेहरू देखेर झोक चल्यो । सोच्थेँ पृथ्वी, सूर्य र ग्रहलाई हल्लिन नदिनु सम्भव छ - यिनिहरू हल्लिरहन्छन् । हल्लिरहनुपर्छ । मान्छेको मन, विचार, व्यवहार, संस्कार सबै
हल्लिरहनुपर्छ नदिजस्तै बादलजस्तै । यस्ता कुरा सोचिरहेको बेला यस सोचाइलाई, यस अवस्थालाई मान्छेहरू थामी निस्किन आँटेको ठान्थे । ... सोचे बाधा बन्धन कसलाई मात्र छैन् र - ... ढुङ्गाको चेपबाट बाहिर निस्किने बिरुवाजस्तै मलाई बाहिर निस्किन मन लाग्यो । यो अचेतनाको टुङ्ग्याउनी पाइएको छ तेस्रो घुम्ती या भयको प्राप्ति । ज्ञान प्राप्ति । सहजतामा । तेस्रो मोड्मा पुगेर अघि के प्राप्ति भएको छ अर्थात पात्रले, नायकले अब चित्त बुझाएको छ केही प्राप्त भयो, त्यसलाई भयको प्राप्ति भनिएको छ, यो सम्भवत भय दर्शन या भयवाद होला, पात्रले उठाएर ल्याएको छ ठूलो मिहिनेतले, यो देश सुब्बाले भयवाद ल्याउँदाको अवस्थाको प्रतिध्वनि पनि हुन सक्छ, भयवादको व्यवस्थापन पनि हुन सक्छ । यसरी तेस्रो भाग कथाको अन्त भाग हो त्यसको निक्र्यौल भय हो । जस्तै ... म भरिएँ । अपूराअपूरा भयको ज्ञान पूरा भएको ठाने । यसरी यो तेस्रो भाग निष्कर्षा या चेतनामा आइपुगेको छ । भने बीचको घुम्ती यो दुवैलाई जोड्ने अवचेतन बनेको छ, भयको खोज । बाटा । छटपटावट । अघिल्लो भागलाई जोडेर यसले नायकलाई भ्रमणमा कुदाएको कुदाएकैको घटनावटली छ । पछिल्लो भागमा पुर्‍याउनको लागि । यो दुइको संयोजक भएको छ यो तेस्रो भाग । यो लामो भ्रमणको भाग हो, आदिम भ्रमणको भाग हो । कालले आदिम, स्थानले लिम्बू स्थानको परिचयमात्र । वन, जङ्गल, खोलानाला, डाडाँ, चौर, खर्कभरि, खेत, गरा, कान्ला भित्ताको यात्रा । कन्दमुल, फलफुल, गिट्ठा भ्याकुरको यात्रा । केको खोजिमा या केको खोजिमा या अनुभवको खोजीमा घरबाट बाहिर निस्केको । ऋषि, तपस्वी, त्यागीको चाला छ । यो आदिमतिरको यात्रा या प्रवेश, रैन्कले भने जस्तै हामी सबैको चाहाना आदिमतिर नै हुन्छ या आमाको गर्भमा प्रवेश गर्नेतिरनै त्यसकारण यो आदिम आदिवासिय ग्रन्थीको ओडार हो । यो आदिमताको खोजि, संरक्षण, विस्तारण छ । कृषियुगभन्दा अघिको अंवाली युगको अवस्थाको चित्रण हो । हामीले जीवनले पृष्ठभुमीमा यदि कुरा थेगेको छ त्यसैले हाम्रो मनको कतैकता यसको लगानीको अंशको प्रवेग छ त्यसको असम्बन्धित सम्बन्ध छ । त्यो उत्खनन् भएको छ दोस्रो भागमा, या प्रथम या तेस्रो भन्न सकिने घुम्तीमा । जस्तै ... यही सोचेर ती बन्धनहरूलाई घरैमा छोडिदिए । निस्के घरबाट बाहिर । ... एकदिन कन्दमुल खोज्न गएको बेला मौका पारेर विदुषिलाई सोधे संसारको बारेमा । मेरो अप्रत्यासित प्रश्न सुनेर एकछिन जिल्ल परिन उनी । उनले मलाई हेरिन र मुस्कुराइन । वालाको अनुहारमा दिव्य प्रकाश देखेँ । यो चमत्कार विश्वास गर्न गाह्रो भयो मलाई । ... उनी सुनको खर्पाले कन्दमुल, तरुल र च्याउ कोट्याई रहेकी थिइन् । ... घुम्दाघुम्दै एउटा सुन्दर ओडारमा पुगे । ओडार बढारेर सफा पारिएको थियो । ओडार बाहिर केही फूलहरू रोपिएका थिए । ती फूलहरू कोपिला भरिन लागेका थिए । ओडार नै भए पनि रातो माटो कमेरो माटोले लिपेर सुन्दर बनाइएको थियो । भित्तामा मान्छेका, चराचुरुङ्गीका चित्र खोपिएका थिए । बाघको छाला, भालुको छाला टाँगिएका थिए । ढुङ्गाको हतियार बाँसको हतियार धनुषकाँढ राखिएका थिए तर त्यहाँ मान्छे देखिन, ओडारभित्र पस्दै गए । ... एकजना लामो कपाल भएको ध्यानी प्रकट भएको थाहै पाइनँ । ... म जाँदा-जाँदा तङवादेन गाउँ पुगेँ । त्यो एउटा आदिवस्ती गाउँ । त्यो गाउँमा प्रशस्तै अन्न फल्ने गथ्र्यो । ... हिँड्दै जाँदा बीचजङ्गलमा धूवाँ उडिरहेको देखेँ । ... यो समूह आदिवासी यायावर समूह हुनपर्छ भन्ने सोचेँ । ... ...
अगाडि बढ्दै गए । जति अगाडि बढ्थेँ, त्यति नै बाटो खुलेको जस्तो लाग्थ्यो । यी नयाँ नयाँ बाटोहरूमा हिँडिरहे, कैयौँ दिन बितिसकेथ्यो । सुतेको थिइनँ । ... घुम्दै फिर्दै आदिम रुख भएइको सुग्दो गाउँमा फेरि आइपुगेँ । ... मैले मात्र होइन, धेरै धर्म, दर्शन, साहित्य कलाले जीवनको नजिक हिँडेको दावी गरे पनि त्यस्तो अनुभुति गर्न पाएको थिइनँ । ती सिद्धान्तहरू भन्दा जीवन पर गइरहेको थियो । सिद्धान्तले जीवनलाई भेट्न सकेको थिएन । ... म संसारलाई उज्यालो तर्फलान खोजिरहेको थिए । ... दोस्रो भाग ।
आदिवासीमध्ये लिम्बूनी चेतना-
यो पुस्तकलाई आफै कुद्न दिने हो भने पर्ूवातिर कुदेर जान्छ, जहाँ लिम्बुनी बोजुकोमा बास मागेर बस्छ, मसँग अरू मुलको मान्छेहरू देख्न नपर्ने, सुन्न नपर्ने, बोल्न, हेर्न नपर्ने जग्गामा घर बनाउछ जस्तो छ । वातावरणल पनि आफै तथापि वातावरणको धेरै चाही सीमाना हुँदैन तथापि अलिकति चाहिँ हुँदैनमा नै मिसेको हुन्छ, हुन्छ त्यो स्थानीयता, त्यो जिन, त्यो बहुसंस्कृतिकताले यसलाई पूर्वी नेपालतिर खोज्छ । लिम्बु माटो, धर्म संस्कृति, भाषा, यससँग अन्तरसम्बन्धित र जीवन पद्धतिसँग गाँसिएको चीजहरू झटारिएर आउँछ । यसको घटना, यात्रा, काल, स्थान, उत्पत्ति, प्रकृति, पात्र सव लिम्बुवानमा छ । शुरु र अन्तिम, या पतन र उत्थान आदिवासीको छ । नायकको पर्रि्रेक्ष, परिवेश परिसर्न्दर्भ आदिहरू आदिवासी मध्ये लिम्बू जातिका हो । त्यसकारण यो लिम्बू संस्कृतिमा आधारित छ । सत्तरीभन्दा बेशीपल्ट उच्चारण गरेको शब्द आदिवासी पनि लिम्बू जनाउनको लागि आएको छ, तथापि आदिवासी भन्नाले लिम्बू मात्र नजनाई नेपालको मात्र सर्न्दर्भमा पनि ५९ जातिलाई आदिवासी जनजनति भनेर सुचिकृत गरिएको छ, आदिवासी र जनजाति दुवै एउटै चाहिँ होइन सम्बन्धित मात्रै हुन तरैपनि बहुल संस्कृति, भाषाभाषी, धर्मवालम्बीको मुलुक नेपालमा सजिलोको लागि आदिवासी र जनजातिलाई एउटै ढकमा राखिएको हो । धेरै लिम्बू भाषाका शब्दहरू जुन नेपाली भाषामा पर्न आवश्यक पनि छ, भाषा विकासको लागि तिनीहरू आएका छन, उपन्यासको बाटो निर्माण गरेको छ, आदिवासीको सम्बन्धमा लेख्ता यससँग सम्बन्धित पुजाहरू आउने नै भए । जसमा प्राचिन्ता, लिम्बुवान्, आदिमता, आदिवासीका जलम भए सङ्गीत, ध्वनि भए । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, पौराणिक दृष्टिकोणले आएका शब्दहरू, ढोल, च्याब्रुङ, सावाला नहि, याक्सा, धाननाच, सुम्दो गाउँ, तुत्तु, तुम्बाङफे, तुम्वा खोला, तड्वादेन गाउँ, सेकमुरी, मिक्जिरी फूल, चोत्लुङ, तुम्सिङ वन, तिजेन्जङना, आदिहरू परेका छन् । यो शब्दहरू अब नेपाली साहित्यको लागि साझा भएको मान्नुपर्छ । नायक अगाडि बढ्दै जाँदा भित्र 'ओम' शब्द पनि सुन्छ उसले त्यसको 'ङ' मात्र सुन्छ । सांस्कृतिक रचना हो यो, 'ङ' शब्दको उच्चारण पनि अरूले ओम सुन्छ भन्ने कुरामा आफू पनि विस्वस्त हुनुपर्छ । म पाठकसँग सम्बन्ध गर्छु नेपाल बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक मुलुक भएकोले अबको हाम्रो जनजीवन, हाम्रो संस्कृति, भाषा, धर्म, बसोबास आदिमा मिश्रण छ । हामी मिश्रति रङ्गमा पुगेका छौ । यसमा सप्पै सम्वेदनशील हुन जरुरी छ कि आफूजस्तै अरू पनि छ । यो लेखकसँग होइन पाठकसँगको संवादको हो लेखकले आदिवासी सौर्न्दर्यशास्त्रमा उपन्यास बनाउन गरेको मिहिनेतलाई सरहना गर्नैपर्छ ।
कथावस्तुको हकमा धामी झाँक्री निकाल्न वनझाँक्रीले लाने र पास भएपछि उही ठाउँमा ल्याइदिने गाउँघरको कथालाई विस्तारण गरिएको पाइन्छ । यसलाई यसरी हर्ेन सकिन्छ । यस सोचाइलाई यस अवस्थालाई मान्छेहरू धामी निस्किन आँटेको ठान्थे ... उसलाई वनझाक्रीले लगेको हो थाहा छ तिमीलाई ! अब उ धामी निस्किन्छ ।
अपमान र आदीवासी -
देश सुब्बाको अघिल्लो उपन्यास अपमानसँग यसको संवेदनामा तालमेल पाइन्छ । अपमानको विषयवस्तु, सारमा त्यति फरक छैन, रूपमा पनि उही, रङ्गमा मात्र फरकपना मात्रै हेरिने भएकोले, प्रकार र किसिम, अन्तरङ्ग, प्रतिरङ्ग देखिने भएकोमा त्यहाँ विभिन्नताहरू त छँदैछ । अपमानको विषयवस्तु, धारणा आदिवासी जनजाति नै थियो र आदिवासीको विषय वस्तु पनि उही । अपमानले वर्तमानको रेखाचित्र कोर्दछ यद्यपि आदीवासीले सांस्कृतिक पक्षको प्रदर्शन गर्दछ । अपमान देश सुब्बाले भयवाद ल्याउनुभन्दा अघिको कृति हो यो दुइबीचमा करिब आठ-दस वर्षो ग्याप छ । आदिवासी चाहिँ भयवादको घोषणा भइसकेपछिको कृति हो । यो दुइको विभाजन भनेको भयवादको घोषणा पनि हो । देश सुब्बा त तिर्ने ठाउँमा घुमेको छ उ अपमानमा पनि थियो, भयवादमा पनि थियो, आदिवासीमा पनि थियो ।
यसरी यी दुइ कृतिको विषयगतता मिल्न जानाले देश सुब्बाको प्रधानता शक्तिशाली भएको र भयवाद, अपमानको निरन्तरता भएको हेर्न सकिन्छ । अघिको मार्गचित्रबाट नै विच्छेद नगराइ लागेको भन्न सकिन्छ । तर भयवादको घोषणा पत्रले चाहिँ त्यो बोल्दैन त्यसले जातीयताको आग्रहभित्र मात्र घुम्ने टेबल हो जस्तो लाग्दैन । यसबेला चारतिर पुगेको देश सुब्बा भयवादी भएर पुग्नुपर्ने जस्तो देख्छु । भयवाद थप अरू नयाँ प्रयोग र आविष्कारको लागि आएको जस्तो लागेको छ । यसको द्धन्द्ववादी मत छ मैले अघिल्लो प्रोग्राममा भनेको छु र त्यो पाएको पनि छु । बाँकी भयवादलाई टुङ्गोमा पुर्‍याउने काम उसो त सुब्बाजीकै नै हो । जसमा अभ्यासकर्ता आफै पनि बोधकाराथ भत्किन जरुरी हुन्छ कतिपयमा । अब भयवादले जिवास मेरो चाह छ ।
डायस्पोराको हङकङ-
नेपाली साहित्य अब मेची र महाकालीको सीमानाभित्रबाट या पासपोर्ट र भिषा नचाहिने भारतबाट लेखिने र गरिने गतिविधि मात्र रहेको छैन । यो पृथ्वीभरिको ठाँउठाँउमा विकरित भइरहेको छ । हिजो दार्जिलिङ, सिक्किम, आसम, मेघालय, सिलिगुडी आदि ठाँउहरूमा यसको महत्त्वको स्थल थियो । आज यो क्रम हङकङ, युके, अमेरिकालगायतमा विशेषमा हलचल भइराखेको छ । यसले नेपाली साहित्य त्यो ठाँउमा विस्तारित भएको प्रष्ट छ । हाम्रो कमसल विस्तारवाद अगाडि बढिरहेको पाइन्छ । यसलाई त्यहाँ बसेर नेपाली साहित्यको साधना सेलेको मात्र नभई हाम्रो साहित्यलाई त्यहाँ विस्तारण गरेको मान्नुपर्छ । यस्तो विभिन्न ठाँउको उपस्थिति देशभित्रको पनि त्यस्तै हालतले गर्दा साहित्य लगातार नयाँपनतिर आकृष्ट छ । सीमानाहरू सिधै उल्लंघन भइसकेको छ । देशभित्रको अवस्थाको कमजोर परिरहेको छ । यस्तो अनियन्त्रित अवसरले नेपाली साहित्यको केन्द्र लगातार चिप्लिरहेको छ, केन्द्रीयरहित अवस्था निर्माण भइरहेको छ । अकेन्द्रको रङ्ग पाइँदै आइसकिएको छ । डायस्पोराको यो प्रसारण सामान्य रङ्गवादको अराष्ट्रवादसँग नजिक छ, तर यो मात्रा मात्रै, गुणमा त आ-आफ्नोपना बढ्छ सोचाइको, विचारको, धारणाको । मैले यहाँ गरेको छलफल पनि मात्राको कुरो नै हो । स्वामित्वको धनिपुजा पनि अब अग्यांनिक छैन मान्छौ । यो अभियानमा हङकङतिर गतिशीलमा लागिरहेको छ । क्षेत्रको दृष्टिमा कवितामाथि चिन्तन र चेतना सहित कुदिरहेको पाइन्छ । अन्य क्षेत्रको विकास पनि उत्तीकै हुँदैछ । यसको लागि हङकङमा साहित्यको गतिविधि गर्ने साथीहरूले विभिन्न पुस्तक, पत्रिका, सम्पादनलाई मान्न सकिन्छ । हामी लगातार हेरिरहेका नबिसाइकन, हङकङमा कविता -संयुक्त कविताकृति), सीमाहीन विम्बहरू -संयुक्त कवितासङ्ग्रह, सम्पादन मिजास तेम्बे, काङमाङ नरेश), सिर्जनशील साहित्य, सम्पादन प्रकाश थाम्सुहाङ र इडिपस, काङमाङ नरेश, डुगेन्द्र तामाङ, विश्वासदीप तिगेला, केदार सुनुवार, प्रेम खिसाल
राई आनन्द रागेहोछा राई, भरतमणि चोङवाङ, भरूपल, दयाकृष्ण राई, जगत नवोदित, कुमार इस्वो, नवराज
राई, रण राई, प्रदीप कङ्दङ्वा, हिमकला राई, प्रकाश केसी, भोगेन एक्ले, चन्द्र सम्वाहाम्फे, आशा राई, देवेन्द्र खेरेस, टंक सम्वाहाम्फे, नरेश सुनुवार, हाङयुग अज्ञात, देश सब्बा, गणेश राई कति दामि नाउँहरू पनि मैले टिप्न छुट्टयाए हुला माफी माग्छु यसमा यो जमात स्वभाविक रूपमा विचार र समयको सम्वाहकहरू हुन् । संस्थापकहरू हुन्, जसलाई देशले उमार्न सक्तैन जसले देश उमार्छ । यसभित्रको निजीत्व, मौलिकता त आ-आफ्नु छँदैछ, यसको गतिलो ग्रन्थ बन्छ । भीड यहीबाट लेख्ने लेखक हुन देश सुब्बा, 'आदिवासी' यसको प्रतिछाँया हो ।
सृजनशील अराजक कवि हाङयुग अज्ञातको आफ्नो उचाई छँदैछ, गणेश राई, विश्वासदिप तिगेला, प्रेम रिवुसाल राई, उचाइको नामहरू हुन् । भर्खरै विश्वासदिपको देश बोक्नुको पीडा, निबन्ध पुस्तक, संक्षिप्त तोकियो परिचय पुस्तक प्रकाशित भएबाट दु्रततर लेखक मान्न सकिन्छ । हङकङको यो जमात साहित्यको सम्पत्ति हो, नेपाली साहित्य हुँदै विश्वसाहित्यको । साहित्य आफ्नो पराई भन्ने हुँदैन यति हो भाषाको संसार फरकफरक छ । नेपाली भाषामा लेख्नु भनेको अंग्रेजी, हिन्दी, चिनिया लगायत विभिन्न भाषामा लेख्नुजस्तै हो, यो एक भाषाबाट अको भाषामा पुग्ने अनुवादले हो, एक व्यक्तिबाट अर्को व्यक्ति प्रशारण हुने अनुवादले हो, निजीत्व र मौलिक्ताको धनीपूजा पनि गरिवरिकन सकिएको छ यो बेला । त्यो खुल्लमखुल्लामा जहि तहि जति जतिबेलामा, जताजतापय, मिश्रण छ । हामी मिश्रण रङ्गमा छौ, प्रार्थमिक र माध्यमिक रङ्गलाई पारतर्दै । मैले यति अनुवाद गरेँ, तपाईहरू देश सुब्बाको भयावादीय उपन्यास 'आदिवासी' को अनुवाद गर्दै गरिदिनु ल । म उनको कविताको अनुवाद गर्छु ।
मेरो घरको आँगनमा एउटा बूढो रुख छ
यो रुखको पातसँग खेल्दै म हुर्केको थिएँ
कति हलक्कै बढेको थियो
यो रुखको पातसँग खेल्दै म हुर्केको थिएँ
कति हलक्कै बढेको थियो
रहरलाग्दो गरी पोसिएको थिए
तर अहिले भुत्ला झरेको लुते कुकुरजस्तो
पात झरेर खुइलिएको बूढो भएको छ ।
-रुख, र्सृजनशील साहित्य पृष्ठ-११०)
ठीक एतिबेला म देश सुब्बाको भयवादीय उपन्यास आदिवासी थन्क्याउँदैछु ।
एतिबेला
तिरवेदेबल, ललितपुर लगायत
nembang_colourist@yahoo.com

No comments: