Friday, October 31, 2008

भयवादी आदिवासी: एक अनुचर्चा

डा. टङ्कप्रसाद न्यौपाने
१. बधाइ र स्वागतका केही आधारहरू
विदेशमा बसेर पनि नेपाल र नेपाली जातित्व तथा नेपाली वाङमयका विकासमा लागिपरेका देश सुब्बाले नेपाली भाषामा साहित्य र दर्शनमार्फत योगदान दिइरहेकामा सर्वप्रथम बधाइ दिनु मेरो पहिलो कर्तव्य हुन्छ । यस भाषालाई खस भाषा ठान्नेहरूप्रति देश सुब्बाले मीठो व्यङ्ग्य गरेका छन् किनभने जातीय दृष्टिले लिम्बूभाषी देश सुब्बामा गम्भीर दर्शन तथा ओजस्वी साहित्य प्रकट गर्ने सामर्थ्य तथा भाषामाथिको अधिकार नेपाली भाषामा पाइएको छ । उनीजस्ता सयौं आदिवासी जनजातिहरूले यस भाषाका विकास र परिष्कारका लागि गरेका योगदानलाई खस भाषा भनेर म कसरी अवमूल्यन गरौं - यसको अर्थ लिम्बू, बान्तबा, चाम्लिङ, मैथिलीजस्ता नेपालमा बोलिन्दै आएका मातृभाषाहरू अनेपाली हुन् भन्ने कदापि होइन । यी सबै भाषाहरू नेपालीकै समकक्ष नेपालेली ( Nepalese) भाषा हुन् भन्ने हो । यी भाषाहरू नेपालमा मात्र नभएर विश्वकै साझा सम्पदा हुन्, अमूल्य निधि हुन् भन्ने कुरा नेपालीमा ठूलो गुण र परिमाणमा देखिएका डायस्फोरा साहित्यबाट पनि प्रमाणित भएको छ ।
यसै नेपाली भाषामा देश सुब्बाद्वारा लिखित अपमानपछि दोस्रो उपन्यास आदिवासी सृजनशील साहित्य समाज, हङकङबाट २०६४मा प्रकाशित भएको छ । अपमानबाट आदिवासीसम्म आइपुग्दा देश सुब्बाका चिन्तन र शैलीमा पर्याप्त परिष्कार, भनौं प्रौढता आएको देखिन्छ । अपमानका आवेगले आदिवासीमा एउटा दर्शनको स्वरूप ग्रहण गर्न लागेको देखिन्छ तर स्वरूपले अझै पूर्ण्ण् ता लिइसकेको छैन । यसबीचमा नेपालभित्र र बाहिर केही तर निकै दूरगामी राजनैतिक-साहित्यिक आन्दोलनहरू पनि भएका छन् । राजनैतिक क्षेत्रमा राजतन्त्रको अन्त्य भएको छ, नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रभित्र छिरेको छ र यहाँका लोकतन्त्रलाई समावेशी बनाउने अभ्यास पनि सुरु भइसकेको छ । जातीय संघ बनाउन राजनैतिक र जातीय संगठनहरू क्रियाशील छन् । यसैले नस्लको, रङ्गको कुरा पुनःस्थापित हुन खोज्दैछ, परम्परागत एकल केन्द्र बहुल केन्द्रमा विस्तारित हुँदैछ । स्थापित आदर्शको अस्वीकृति र प्रागैतिहासिक आदर्शको परिष्कृत स्वरूपमा स्थापना नयाँ चेतना भएर आएका पाइन्छन् । देश सुब्बाको आत्मस्वीकृति पनि छ : परबाट आफू नस्लवादी देखिएकामा । यसरी एकातिर बहुलवादी राजनीतिमा प्रजातीय राष्ट्रवादको पुनर्व्याख्या र पुनःस्थापनाको प्रयास हुँदैछ भने अर्कातिर लीलावाद, संरक्षण कविता आन्दोलन, चक्रव्यूह संचेतना, मुक्त अभियान, विलयन लेखन, सृजनशील अराजकता, रङ्गवाद हुँदै देश सुब्बाबाट भयवाद देखा परेको छ । यी प्रवृत्तिहरूलाई समसामयिक उत्तरआधुनिक चिन्तन र लेखनशैलीमा व्याख्या गर्न सकिन्छ जस्तो लाग्दछ । डा.गोविन्दराज भट्टराईले २०६४ पौष १४ गते वाणी प्रकाशन, विराटनगरमा रङ्गवादमाथि टिप्पणी गर्दै भनेका थिए : "साहित्य अब विचारले चल्न चाहन्छ ।" प्रस्तुत आदिवासी उपन्यासलाई विचारबाट डोर्‍याइएको छ । विचारप्रबल भएकाले उपन्यासकारले यसको अर्को नाम नै भयवाद राखेका छन् अर्थात् आदिवासी वा भयवाद । यसर्थ विनिर्माण होइन, पुनर्निर्माणको विचार र लेखन भएकाले पनि आदिवासीलाई स्वागत छ, स्वागतम्, शुभस्वागतम् ... ।
२. अपमानको अर्को परिष्कृत मोड:
देश सुब्बाका दुवै उपन्यास अपमान र आदिवासीमा आदिवासी जनजाति, त्यसमा पनि लिम्बू जनजातीय संस्कृति भएको पाइए पनि दुवैमा ठूलो भिन्नता छ । सुब्बाले देशको छिन्नभिन्न रूप देखेर अपमान लेखिएको बताएका छन् । उनको यो विचार पनि सही छ: अपमान साहित्यभन्दा पनि साहित्यिक सुगन्धमा २०४६का परिवर्तनले दिएका खतराका पूर्व सङ्केतको दस्तावेज थियो त्यो जो अहिले देशभरि प्रकट भइरहेको छ । देश सुब्बाले अपमान उपन्यासमा नस्लको, रङ्गको कुरा नगरेर बहुनस्ल वा बहुरङ्गको कुरा गरिएको हुँदा त्यसलाई नस्लवादको बहुरङ्गीय घोषणापत्र भनेका छन् तर उनको इच्छा त्यस्तो उपन्यास लेख्ने भए पनि यथार्थतः अपमान एकरङ्गीय घोषणापत्र नै भयो । पहिलो कुरा, अपमान पढ्ने सामान्य बाहुनले आफू उल्टो अपमानित भएको तथा आफ्ना धर्म र संस्कृतिमाथि आक्रोश बर्सिएको थाहा पाउनसाथ ऊ पढ्न छाड्दछ । अपमानमा एउटाका पीडाको प्रकट अर्काका अपमानबाटै भएको छ । परिणामतः अपमान उपन्यासभन्दा पनि एकजातीय, एकनस्लीय दस्ताबेज मात्र हुन पुगेको छ । धरानका होटल एम्बेसेडरमा डा. खेम दाहालबाट त्यस बेला गरिएको तीतो टिप्पणी मेरा मानसमा अझै ताजा छ । अपमानमा बाहुन र बाहुनवादप्रति रिस पोखिएको छ तर आदिवासीमा आइपुग्दा देश सुब्बाले के राम्ररी बुझेका छन् भने "रिसले आगो बाल्छ र आगाले संसार डढाउँछ । रिस समस्याको समाधान नभएर समस्याको स्रोत हो ।"यसर्थ देश सुब्बा मञ्चमा चढेर रिस पोख्ने मान्छेहरूलाई नेता मान्न तयार छैनन् । यसकारण यो आख्यानमा उनको आदिवासीले दर्शन र विद्या दुवै दृष्टिले निकै परिपक्व भएर नेपाललाई हेरिरहेको देखिन्छ । अपमानमा युवासुलभ आक्रोशको अजस्र वेगवान् प्रवाह पाइन्छ भने आदिवासीमा मानव सभ्यता र संस्कृतिको जातिशास्त्रीय व्याख्यासहित आदिवासी-गैरआदिवासी सबैका स्वपहिचानसहितका संस्कृति र धर्मको फूलवारी बनाउने चाहनाको प्रकटन छ । यसरी आदिवासी जातिसंस्कृतिको मनोदार्शनिक धरातलमा उभिएको देखिन्छ । यो अपमानको अर्को परिष्कृत मोड हो ।
३. आदिवासी, जातिसांस्कृतिक उपन्यास
चिन्तक उपन्यासकार देश सुब्बा हङकङमै बसेर पनि नेपालमा चलमलाएका नयाँ चेतनालाई छामिरहेका छन् । आज नेपालमा बहुनस्लीय र बहुरङ्गीय अस्तित्वको खोजी भइरहेको छ । लैङ्गिक भेदभाव, जातीय दमन, अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारका विस्फोटक पदार्थका प्रसारले गर्दा देश विध्वंसात्मक गतिविधितर्फ हिँडेर आत्मघाती बमका अवस्थामा पुगेको देख्दा लेखकमा भय जागृत हुनु स्वाभाविकै हो । एकातिर आप्रवासीहरूको दमन, अर्कातिर आदिवासी-जनजातिभित्र दिनदिनै हुर्किरहेका विकृति र विसङ्गति । विकृतिमा रिस मिसाउँदा फोहोरमैलाको दुर्गन्ध । आदिवासीहरूका कीर्तिमा रिसले कुरूप अनुहार बनाएकामा लेखकमा चिन्ता छ । उनलाई आदिवासी भनेर दाबी गर्ने जातिहरूमा दमन हुँदै गएका भाषा, लिपि, धर्म, संस्कार देख्दा दुःख लाग्छ । आदिवासीका स्वर भने ठूला ठूला भइरहेका छन् -देशै थर्काउने गरी । कुनै आदिवासीका भाषा, धर्म, लिपि, संस्कृति, इतिहास धमाधम नयाँ लेखिरहेका छन्, कुनै लेख्ने योजना बनाइरहेका छन् । भइरहेका ऐतिहासिक-जातीय महत्त्वका कुरालाई दमन गरेर नयाँ बनाउने कुरा देश सुब्बाका मनले मानेन । उनी भइरहेका ऐर्श्वर्यलाई राम्रो बनाउन चाहन्छन् । अमेरिकाली अश्वेत उपन्यासकार एलेक्स हेल्वीले "रुट्स् वा वृक्षमूल" नामको पुस्तक (१९८६) मार्फत आफ्नो पुख्र्यौली इतिहास खोजेझैं देश सुब्बा प्राचीनतम लिम्बू सभ्यताका खोजीमा लागेका देखिन्छन् । उनी अहिले जनजातिहरूमा बढ्दै गएका पश्चिमी एकल जाति, भाषा, सभ्यता र संस्कृतिका मोहका सट्टामा आदिवासीहरुका प्राचीन सामूहिक जीवनको आमन्त्रण र गैरआदिवासी सभ्यताको पनि सुरक्षासहित मिश्रति संस्कृतिको निर्माण गर्दै सहमतीय मौलिक संस्कृतिका पक्षमा देखिएका छन् । यो अत्यन्तै सकरात्मक सोच हो । यसैका लागि नायकलाई आदिम रूख, ओडार र सहरिया सम्पन्नताभन्दा धेरै टाढा प्राक्कृषियुगका गाउँमा विचरण गराइएको छ । यसरी आदिवासी जातिसांस्कृतिक उपन्यास हुन पुगेको देखिन्छ ।
४. उपन्यासको संरचना
आदिवासी तीन खण्ड वा परिच्छेदहरूमा संगठित उपन्यास हो । यी तीनवटै खण्डहरूका केन्द्रमा भय छ । पहिलो परिच्छेदको शीषर्क वा विषय भयको प्रकट/क्षेत्र/समस्या हो । यसमा उपन्यासको नायक निसाम (जो लेखक स्वयं हुन्) नस्लीय द्वन्द्वमा विस्फोटक पदार्थ बोकेर देश गुम्सिरहेको देखेपछि भयभीत भएको छ, मनोरोगी भएको छ । यसै कारण छायाँजस्तो बनेर हंस निस्कदै गएजस्तो लागेर ऊ डराएको छ अर्थात् निसाममा भयको प्रकट भएको छ । भय घरभित्रबाहिर, प्रकृति-समाज, भौतिकता-आध्यात्मिकता सबै क्षेत्र ओगटेर बसेको मानिएको छ । यर्सथ भयका प्रकटनलाई मानवीय वा मनोवैज्ञानिक समस्या ठानिएको छ । दोस्रो परिच्छेदको शीषर्क हो : भयको खोज/बाटा/छटपट्याहट । यहाँ नायक निसाम भयबाट मुक्तिका बाटाका खोजीमा छटपटिंदै घर छाडेर आदिवासी गाउँ सुम्दो पुग्दछ । ऊ त्यहाँका प्राचीन संस्कृतिमा, आदिम सभ्यतामा रम्दछ । यसै क्रममा टाढाटाढाका मान्छेहरूका आप्रवासनले मान्छेहरू आदिवासी-गैरआदिवासी भएर छुटि्टएको, गैरआदिवासीका वर्ण्र्वस्थाबाट अनेक विभेदहरू जन्मिएको, आदिवासीय संस्कृतिका विस्थापनबाट उनीहरूमा भय पैदा भएको, छटपटाहट भएकोजस्ता कुराको खोजी गरिएको छ । अन्तिम परिच्छेदको शीषर्क हो : भयको प्राप्ति/ज्ञानप्राप्ति/सहजता । यहाँ नायक निसाम मकर सङ्क्रान्तिको मेला देख्दा दङ्ग पर्दछ किनभने त्यहाँ सांस्कृतिक र सामूहिक जीवन चल्दोरहेछ ।
त्यहाँ आदिम रूखबाट उसले भयसम्बन्धी ज्ञान प्राप्त गर्दछ । पहिले यसका शरीरबाट निस्केको हंस वा
छायाँ नभएर भयसङ्गृहीत एउटा ग्रह हो भन्ने उसले बुझ्दछ । निसामले के पनि थाहा पाउँछ भने शरीरबाट भय निस्किएपछि जीवन सहज हुन्छ । यो बुझेर नायक निसाम घर फर्कन्छ र आफूले पाएको ज्ञान गाउँले आदिवासीहरूलाई बताउन थाल्दछ । यहाँ निसामबाट बुद्धका महाभिनिष्क्रमण र बोधप्राप्तिको सम्झना हुन्छ ।
यसरी तीन परिच्छेदमा यसको बनोट छ र तिनीहरूलाई भयसूत्रले बुनेर एउटा आख्यानको संरचना बनेको छ तथापि आख्यानीकरणभन्दा परिवेशलाई विशेष महत्त्व दिइएको छ । घटना खासै उल्लेखनीय छैनन्, तुत्तु, बालाजस्ता किरात नामका पात्रहरूको पनि आख्यान रचनामा खासै महत्त्व देखिंदैन । परिणामतः आदिवासी आख्यानिका भएको छ । यसको रीतिक्षेत्र पनि आख्यानको बखान नभएर आख्यानका सूक्ष्मतन्तुमा विचारको प्रस्तुति देखिन्छ । यसैले यसलाई विचारप्रबल कृति भन्न सकिन्छ । उपयुक्त परिवेशका निर्माणबाट समेत यसमा आदिम किरात लिम्बूसंस्कृति अभिव्यञ्जित भएको पाइन्छ ।
५. उपन्यासको सैद्धान्तिक धरातल
यस आदिवासी उपन्यासलाई अर्को भयवाद नामबाट चिनाउन खोजिएको छ । यसको कारण उपन्यासलाई भयवादी बनाउन खोज्नु हो । यसैका लागि यहाँ भयवादको आख्यानीकरण गरिएको छ किनभने पहिले २०६० मै भयवाद आयो । त्यसपछि २०६४ मा मात्र उपन्यास । २०६० का उत्तरार्द्धमा हङकङबाट प्रकाशित 'टापु’ पत्रिकामार्फ् भएका भयविमर्शले २०६३ मा नेपालमा भयवादको घोषणा भएको देखिन्छ । यसलाई आन्दोलन त भनिएको छैन तर पनि यो एक प्रकारको आन्दोलन नै हो । यस अर्थमा मोतीराम भट्टदेखि सुरु भएको काव्यिक/साहित्यिक आन्दोलनको नवीन छाताभित्र विभिन्न करङहरू थपिंदैछन्,
नयाँ करङ हो भयवाद । जब छाताभित्र स्पेस सकिएला तब यो इतिहास बन्ला । अहिले त छाताको रूपरेखा बनेको मात्र छ, यसलाई बलियो बनाउन करङहरू थपिंदैछन् । रङ्गवाद र भयवाद यस्तै करङहरू हुन् अथवा भनौं, सततगामिनी साहित्यसरिताका आधुनिक गतिमा आएका बाढीको एउटा भँगालो हो यो, यो भँगालो स्वयं छुट्टै खोला वा नदी बन्न सक्ला कि नसक्ला, त्यो भविष्यलाई नै छाडौं । जे होस्, मूल कुरा आदिवासी उपन्यासभन्दा पहिले विचार आयो, अनि साहित्य । भनौं विचारबाट साहित्यलाई निर्देशित गरियो । विचारलाई साहित्यमा बोलाउने कि साहित्यले विचार बोल्ने भन्ने प्रश्न पुरानो भएर पनि यसको सान्दर्भिकता सकिंदो रहेनछ । आधुनिक युगमा रहेको यो प्रश्न उत्तरआधुनिक लेखनका शीषास्थव्याख्याता डा. गोविन्दराज भट्टर्राईले पनि रङ्गवादप्रति टिप्पणी गर्दै साहित्य अब विचारले चल्न चाहन्छ भनेको यहाँ पनि प्रासङ्गिक हुन्छ । के विचारलाई साहित्यका रङ्गमा अनुकूलित गर्न सकिन्छ - देश सुब्बा भन्छन् : "यसै क्रममा आएको एउटा विचार हो भयवाद ।" यसरी प्रस्तुत आदिवासी उपन्यासको सैद्धान्तिक धरातल भयवाद भएको छ ।
भयवादका सम्बन्धमा देश सुब्बाको लामो ब्याख्यान छुट्टै छ, उपन्यासका पृष्ठहरूमा तिनै व्याख्यानहरू पोखिएका पनि छन् । हाङयुग अज्ञातले साहित्यमा भयविमर्श शीषर्कमा लामो भूमिका पनि लेखेका छन् । त्यसैले भयवादको विस्तृत परिचर्चा सान्दर्भिक नहोला पनि तर आदिवासी उपन्यासभित्रैबाट भयवाद बुझ्नु चाहि प्रासङ्गिक नै हुन्छ । लेखकलाई आदिवासीमाथि भएको अतिक्रमण र आदिवासी स्वयंमा बढ्दै गएका विकृतिले गर्दा भय पलाएको छ । उपन्यासको नायक निसामका शरीरबाट निस्केको हंस वा
छायाँ ( साम्मे सातो) भय हो र भयकै कारण उसले घर छाडेको तथा भयबाट मुक्त भएपछि सहज बनेर घर फर्किएको देखाइएको छ ।
उपन्यासको निष्कर्ष हो : भय मानिसमा हुने एक किसिमको मानसिक कमजोरी हो । मान्छेमा मानसिक कमजोरी देखा परेपछि त्यसमा विकृति देखा पर्दोरहेछ, भयको प्रकटीकरणका अनेक बाटाहरू छन् । तीमध्ये मुख्य भयलाई चिनेपछि र भयबाट बाहिर निस्केपछि जीवन सहज हुन्छ ।
६. सिद्धान्तस्थापनाका प्रयासको आधार
भयवादको केन्द्र भय नै हो । भयलाई प्राणीजगत्को सामान्य प्रक्रिया मान्दै संस्कृतमा भनिएको छ : आहारनिद्राभयमैथुनञ्च, सामान्यमेतत् पशुभिर्नराणाम् अर्थात् आहार निद्रा, भय र मैथुन मानव-मानवेतर सबैमा पाइने सामान्य कुरा हुन् । यीमध्ये आहारलाई मार्क्सले वर्गसंर्घष्ामा प्रस्तुत गरे भने निद्राको प्रसङ्ग फ्रायडले सपनाका सन्दर्भमा ल्याएका छन् । यस्तै मनश्चिकित्सक तथा मनोविश्लेषक फ्रायडले पच्चिसौ व्याख्यानको विषय चिन्ता वा त्रास (Anxiety or Dread) बनाएका थिए । उनले त्यसमा संवेदना वा भावदशा व्यक्ति स्वयंले अनुभव गर्न सक्ने भनेका छन् । फ्रायडका विचारमा चिन्ता वा त्रासको समस्या त्यो केन्द्रविन्दु हो जसले सबै किसिममा सबैभन्दा महत्वपूण्ा प्रश्नहरूलाई एक सिलसिलामा
बाँधिदिन्छ । यो एक यस्तो समस्या हो जसलाई हल गर्दा हाम्रा सारा मानसिक जीवनमा अवश्य नै धेरै प्रकाश पर्दछ । फ्रायडले चिन्ता वा त्रासलाई वस्तुनिष्ठ हुने बताएका छन् । यस आदिवासी उपन्यासमा आप्रवासीहरू आदिवासीका भयको आलम्बन मानिएका छन् जसबाट आदिवासीहरूमा खतरा परेको छ । फ्रायडले के पनि भनेका छन् भने खतराको प्रतिक्रिया दुइ चीजका मेलबाट हुन्छ : भय मनोविकार र प्रतिरक्षात्मक कारबाही । भयभीत प्राणी भयबाट मुक्तिका लागि कि त पलायनतिर लाग्छ कि त विद्रोहतर्फ दुवै प्रतिरक्षात्मक कारबाही हुन सक्छन् । अहिले मुलुकमा विद्रोहको कारबाही अघि बढिरहेको छ ।
सामान्य अर्थमा त्रास, भय र डर पर्याय मानिन्छन् तर फ्रायडले यी तीन तत्वमा भिन्नता देखेका छन् । चिन्ता वा त्रास (Dread) स्थिति वा अवस्थासित, भय (Fear) वस्तु वा आलम्बनसित र डर (Fright) अप्रत्याशित रूपमा परेका खतरासित सम्वन्धित छन् । देश सुब्बाले फ्रायडका यसै भय (Fear)लाई छुट्टै मनोदर्शनको रूपमा व्याख्या गरेको देखिन्छ । एडलरमा पनि भयको मनोविकार पाइन्छ । मानिस हीनत्वबाट भयभीत हुन्छ र त्यसबाट मुक्तिको खोजी गर्दछ । यसरी जीवन सञ्चालनको एउटा प्रमुख तत्व मानिएका यसै भयका पृष्ठभूमिमा विशद व्याख्यासहित भयवाद नेपाली चिन्तनका रूपका देखा परेको छ । माथिका चर्चाबाट भयवाद नवीन दर्शन त देखिदैन तर स्थापित मनोविज्ञानको नवीनतम मनोदर्शन भएको चाहि पक्कै हो । यस अर्थमा यो महत्तर प्राप्ति हो, विश्वलाई नेपालीको एउटा उपहार हो यो । यसका लागि देश सुब्बा बधाईका पात्र छन् ।
७. अन्त्यमा : टिप्पणीप्रति एकदुइ टिप्पणी
कृतिको संरचना पक्ष मूलतः नेपाली जनजातिहरूका भाषा, धर्म र संस्कृतिमाथि नवागन्तुहरूबाट अतिक्रमण भएपछि तिनीहरूका भाषा, धर्म र संस्कृति बिलाउन थालेका र आदिवासीहरूले आफ्ना आदिम सम्पदाको खोजी गर्नाका सट्टा नयाँ सभ्यतामा प्रवेश गर्न लागेका सन्दर्भमा केन्द्रित देखिन्छ । यसलाई हाङयुग अज्ञातले जिनोसाइड भनेका छन् जसको अर्थ जातिहत्या हो । हिटलरको याँसच्याम्बर, पोलपोटको मृत्यूभूमि, रुवान्डाको आद्यजातिहरूको हत्या, इन्डोनेसियन सरकारको पूर्वी टिमोर माथिका दमनलाई हाङयुगले यसका उदाहरणका रूपमा पेस गरेका छन् । नेपालमा यस्तो स्थिति भएजस्तो लाग्दैन । अिफ्रकाको मिसिसिपी डेल्टा र अन्य क्षेत्रहरुमा क्रूर कुइरेहरूले कालाहरूको आमहत्या गरेझैं वा अमेजन बेसीका पुरुषहरूलाई मारेर उनीहरुका स्त्रीहरूलाई लुटेझै स्थिति नेपालको होइन । यहाँ नवागन्तुकहरूले आदिवासीलाई लामो समयसम्म शासक मानेर बसेको इतिहास छ । पृथ्वीनारायण शाहका नेतृत्वमा भएका गोरखाली आक्रमणलाई जातिहत्या भन्न किन मिल्दैन भने त्यो सामान्तहरूको द्वन्द्व र सहमति थियो । गोरखा राज्यका विस्तारले आदिवासीहरूको मात्र राज्य कब्जा गरिएको थिएन, सेन र शाह राजाहरूका राज्यलाई पनि गोरखामा विलय गराइएको थियो । यसलाई आदिवासीहरूले स्वीकार गर्दै उनकै आधिपत्यमा बसेका मात्र थिएनन्, आफूलाई गोरखाली भनेर विश्वमै गर्वपूर्वक चिनाएको प्रसङ्ग गोर्खा भर्ती केन्द्रबाट पनि बुझिन्छ । हिन्दूकरण किरात आदिवासीमा मात्र भएको थिएन । ससाना धर्मावलम्बी खसहरूमा समेत भएको थियो । यो लिच्छवी युगदेखिकै परम्परा हो । एक जाति, एक भाषा र एक राष्ट्र निरङ्कुशतन्त्रको स्वाभाविक प्रक्रिया थियो जसका र्समर्थर्नमा आदिवासी-गैरआदिवासी समेत थिए भने यसका विरुद्ध पनि आदिवासी-गैरआदिवासी सबैले आत्मोत्र्सर्ग समेत गरेको गौरवपूण्ा नयाँ इतिहास बनेको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ अभिमुख भइसकेको छ । जातीय ऐतिहासिक पृष्ठभूमिका आधारमा संघ बन्ने सम्भावना भएका वर्तमान परिस्थितिका लागि आन्दोलन तथा जनमत तयार गर्ने गैरआदिवासी समेत हुन् । यसैले इतिहासको अपव्याख्या गर्दै जिनोसाइड भन्नु अतिवाद हो । आज बढ्दै गएका क्रिस्चियनिटीका कारण धर्मपरिवर्तनका परिणामलाई चाहिं के भन्ने - देश सुब्बा स्वयं पनि हिन्दू-खसहरूका अतिक्रमणलाई मात्र दोष दिंदैनन्, पश्चिमी सभ्यता र संस्कृतिप्रति बढ्दै गएका मोहलाई पनि जनजातीय संस्कृति हराउँदै जाने कारण मान्दछन् । यस कारण जातीय/नस्लीय आधारमा इथ्निक क्रिटिसिज्म गर्दा पनि यस्ता अतिवादबाट जोगिनु मर्यादित साहित्यकारिता हो । दोस्रो टिप्पणी, आदिवासी भन्ने नाम र उपन्यासको आवरण चित्रसँग सम्बद्ध छ । आदिवासी भनेर यहाँ किरातहरू, त्यसमा पनि लिम्बूलाई लिइएको छ । लेखक लिम्बू भएर पनि यसो भएको देखिन्छ तर यस नामले वर्ण्य विषयलाई स्पष्ट गर्दैन । उपन्यास पढ्दा लिम्बूलाई मात्र आदिवासीका रूपमा लिइएको देखिन्छ । हिन्दू धर्मशास्त्रले भन्ने गरेको विरुपाक्षको मूर्ति कलिको मूर्ति मानिन्छ । कलियुग भनिएकै वर्तमान युग हो । वर्तमान युगका प्रथम आदिवासीका रूपमा किरातलाई लिने हो भने यो मूर्ति किरातकै मान्न सकिन्छ जसले लिच्छवीकालीन स्वर्ण्र् युगको प्रतिनिधित्व पनि गर्दछ । यसले गर्दा पनि पुस्तक आकर्षक र सार्थक भएको छ ।
अन्तमा निकै चिन्तन र परिश्रमपूर्वक तयार पारिएका प्रस्तुत दर्शन र उपन्यासका लेखकलाई पुनः साधुवाद छ ।
( २०६५।४।१८मा धरानमा गरिएका बहस कार्यक्रममा प्रस्तुत पत्र )

No comments: