Saturday, June 28, 2008

उपन्यास/रचना गर्भ-आदिवासी उपन्यास


देश सुब्बा
विश्व प्रसिद्ध उपन्यास लोलिताका लेखक भ्यादिमिर नाभोकोभले असल पाठक सम्बन्धमा यस्तो विचार राखेः "कुनै कृति पढ्दा पाठकले त्यसको बेलिविस्तारमा ध्यान दिनुपर्छ । गहिराइपूवक एकपटक किताब छिचोलेपछि त्यसबारे मनन गर्नुपर्छ अनि जेजस्तो चर्चा गरेपनि सुहाउँछःतर गहिराइपूवक नडुबी कुनै कृतिबारे सामान्यीकरण गरिन्छ भने त्यसलाई गलत प्रक्रिया सुरु भएको ठान्नर्ुपर्छ ।"
सामान्य पाठक बन्नलाई पाठक सिद्धान्तमा कम्तिमा कल्पनाशीलता, सम्भाव्य लेखकीय गुण, शाब्दिक ज्ञान, व्याकरणीय ज्ञान, उच्च स्मरण शक्ति हुनुपर्ने सिद्धान्त छ ।
रोलावार्थ, जुलिया क्रिस्टोभा, डेरिडा, नित्चे मरेको अवस्थामा यसरी लेख्नु पथ्र्यो/पर्दैनथ्यो लेखकले-लेख्ने दुस्साहस गरिदिएको छु अर्थ जटिलताले/नेपाली साहित्यले/शास्त्रीय लेखनले/आदिवासी सौर्न्दर्य शास्त्रले /लिम्बू सँस्कारले/मान्यताहरूको श्रृंखलबद्ध प्रकटहरूले/सीमाहीनता छः तथापि डिमार्केशन छ: भयवाद/नेपाली/आदिवासी/लिम्बूभित्र । नवीन डिस्कोर्शको आँखी झयाल छ यहाँ । देखिन्छ/देखिन्दैन छ ।
भयवाद
स्रोत छ चेतना । भूमि छ जीवन र जगत । निसाम् पात्र छन् प्रतिनिधि मान्छेका जीवनका । लक्का जवान । दुघटना हुन्छ नसोचेको । दुघटना पछि त्यसको असर नसा नसामा मौलाउन थाल्छ भय भएर । एक मान्छेमा/मान्छेहरूमा । भयको धूँवा बाक्लो छ । परिणाम स्वरूप मान्छे -कहालिन्छ, छटपटिन्छ, चिच्याउँछ, उप्रिmन्छ, कुद्छ, भाग्छ, निसासिन्छ-गाउँमा, भीर पहरामा, शहरमा, देशमा, विदेशमा, एकान्तमा, परिवारमा । ऊ/उनीहरू तर्सिन्छन्, भयभीत हुन्छन्, रूखको ठुटा, माटो, ढुङ्गा, हावा, घाम, पानी देख्दा । यी सबैलाई विभिन्न रूप देख्छन् र जन्मिन्छ चिन्ता, डर, समस्या, मृत्यु, रोग, आतङ्क ।
निसाम् पात्र यसै भय मण्डलभित्र छ । मान्छेहरू यसै कुहिरीमण्डलमा छन् ।
नेपाली
स्रोत छ नेपाली आदिवासी जनजाति । नेपाली भाषा, लिपि, सँस्कृति । नेपाली साहित्यको बहुलता, वैभवता, स्रोत छ । नेपाली मूल साहित्यको किनाराको विषयले आफ्नो परिधि कोरिरहेको छ । लेखिन्दै जाने क्रममा लेखिएको छ । नेपालीहरूको जीवन चरित्र छ । भयको कारणले देश, विदेश, पहाड, मधेश भाग्दै हिँडेको कथा छ । एक अर्थमा नेपाली जीवनको उपन्यास चरित्र छ ।
आदिवासी
स्रोत छन् आदिवासीका पात्रहरू र विषय । प्रकृति पूजक, चार्डपर्व । यायावर जीवन छ । वनपाखा पहाडको जीवन । आ-आफ्ना भाषा, लिपि धर्म सँस्कारको विकास गरौँ छ । राज्य गुमाएका छन् । राज्यले देख्न नसकेका निसाम्, सुम्दो, तुम्हाङ्फे, तङ्वादेन, बुढासुब्बा, विरुपाक्ष, भताबुङ्गे दरबारहरू, चिराइतो, सुम्निमा, पुरातात्विक वस्तुहरू, गरगहना, केन्द्रिय भाषा ङ, सिन्धु घाँटीको सभ्यता, नेपाल एकिकरण, मगर राज्य छन् ।
मेखली, तागा, वनझाँक्रीको मिथक, धामी, पटुक दरबारको रूख छन् । यी सबै आदिवासीका चरित्र हुन् । आदिवासीको पहिलो पर्व तरुल उत्सव छ ।
लिम्बू
मिथकः तिङ्गेङजोङ्ना, आदिम रूख, सेःक्मूरि, बाबरी, सभा पोखरी, कुम्भकर्ण हिमाल, सिमलको रूख, भरखर जन्मेको नानीको घरका बुज्रुकबाट नामकरण छन् ।
पात्रः निसाम्, मु लुकी, तुत्तु, सिरिजङ्गा, सिरिजङ्गा सिं थेबे, फाल्गुनन्द, इमानसिंह चेम्जोङ्ग, युमासाम, फेदाङ्मा, आत्मनन्द र लारुम्बा छन् ।
खानेकुराः सायग्याङ्, तोर्याङ्, फिलिङ्गे आदि इत्यादि छन् ।
गाउँहरूः सावाला, तुम्वा, तुम्सिङ्, तुम्हाङ्फे, सुम्दो, तङ्वादेन, लारुम्बा छन् ।
लिम्बू पात्र र शब्दलाई सजाएर राख्दा अर्को अर्थमा नेपाली भाषामा लेखिएको लिम्बू उपन्यास देखिन्छ ।
माथि उल्लेखित सबै विम्वहरू प्रतिकात्मक छन् । प्रतिकात्मक विम्ब, मिथ, कथा, पात्र, स्थान सबैले पाठकहरूलाई अनौठो स्वाद दिन सक्नु पर्दछ दाबी छ ।
उपसंहार
किनाराबाट पनि आफ्नै सौर्न्दर्य, कलाको केन्द्रमा लेख्न सकिने रहेछ । सीमाहीनताबाट पनि लेख्न सकिने रहेछ । भयवाद/नेपाली/आदिवासी जनजाति/लिम्बूमा छुट्टाछुट्टै राखेर पढ्न मिल्छ आग्रह छ । यसरी एउटै उपन्यासलाई विभिन्न सीमा/सीमाहीनता/केन्द्र/किनारामा राखेर हेन सकिने प्रयास छ । प्रकाशोन्मुख कुनै कृतिमा/प्रकाशित कृतिमा लेखकहरूको मृत्युपछि पाठकको सिद्धान्तमा लेखकले जटिलताले/ अर्थहरूले/शब्दरूले यस्तो व्याख्या मिल्छ/मिल्दैन छ ।

No comments: