Saturday, June 28, 2008

अनुभूति कतिपय


प्रकाश थाम्सुहाङ -अनुभूति कतिपय
प्रकाश थाम्सुहाङ
काठमाडौँमा जाडो बढ्याबढ्यै छ । नेपालको राजनीतिक तरलता यो सालको जाडोले जमाएर ठोसमा रूपान्तरण गरिदेओस्, आशा आम नेपालीकै हो । तर नेताहरूको बुद्धि शीतलहरमा अचेत भयो जस्तो छ । काठमाडौँमा जाडो छ, जाम छ । तर पूर्वी नेपाल र मधेसमा व्रि्रोहको आगो दन्किरहेको छ । उक्त व्रि्रोहलाई समिचित सम्बोधन गरी व्रि्रोहलाई विप्लवमा बदल्न नदिने जिम्मेवारी राज्यसत्ता र शासकको हो । लाग्छ, वर्तमान राज्यसत्ता पेलेरै लाने मनसायमा छ । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेपछि पनि आदिवासी, मधेसी, जनजातिहरूले फेरि संविधानको धारा ६३ किन जलाउनुपर्‍यो - सात दलहरू एक अर्कामा दोषारोपण गर्नमै व्यस्त छन् । धनुषकाँड र गुलेलीको अभ्यासमा उत्रिएका लिम्बूवानहरू अत्याधुनिक हतियारको अभ्यासमा उत्रिएको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार वर्तमान राज्यसत्ता नै हुनेछ ।
गुरूकुल जानलाई उकालो चढ्दै छु । काइँला बाको ऐतिहासिक एकल कविता वाचन सुन्ने मनमा ठूलो उत्कण्ठा छ । केही घण्टा काव्यिक माहौलमा डुब्दाको क्षण कल्पेर म रोमान्चित भइरहेछु । दुइवटा नयाँ कविता पनि सुनाउनु हुन्छ, आयोजक मध्येका ठाकुर बेल्वासे प्रचार गर्दै छन् । लगभग तीन दशक समय पछि लेख्नु भएको काइँला बाको नयाँ कविताहरू कस्तो होलान् - मनमा अघोर खुल्दुली जागेको छ ।
कविता र राजनीतिबीच कस्तो सम्बन्ध हुन्छ - म बुझने क्रममै छु तर कतिवामा राजनैतिक चेत कलात्मक शैली र शालीन प्रस्तुतिमा आयो भने नारा हुने डर रहँदैन होला, लागेको छ । उहिल्यै काइँला बाहरूले भनिसकेका छन् -कविता विचारको करिया हुनुहुँदैन । सायद, पार्टी लागि पार्टी घोषणा पत्रलाई आधार मानेर कविता लेख्ने पार्टी विहरूतर्फलक्षित थियो उक्त आयामिक भनाइ । धेरै राम्रा कविहरू पार्टी हित्यमा लागेर आफूमा भएको काव्यिक क्षमतालाई गुमाएकाहरू प्रशस्तै छन् तर म यति चाहिँ प्रष्ट छु कि राजनीतिक चेत कविताको विषयवस्तु हुन सक्छ र कविताको इतिहास के बताउँछ भने राजनीतिक चेतमा लेखिएका कविताहरू नै कालजयी बनेका छन् । उदाहरणको लागि आमा, मातेको मान्छेको भाषण, काठमाडौँ एक्लैले काठमाडौँ बोक्न सक्दैन, बिसे नगर्ची आदिलाई लिऔँ । र अहिलेका समकालीन कविहरूले पनि राजनीति विषयवस्तुमाथि नै ज्यादा शब्द खर्च गरिरहेका छन् । तर जति नै गरे पनि नकचरो नेताहरू भएपछि केही नलाग्दो रहेछ । मलाई एउटा भनाई याद आइरहेछ - - ‘Good leader is a god gift to the nation’भगवान्ले हामीलाई असल नेताको उपहार कहिले देलान् -
झङ झङ झङ
झङ झङ झङ
मनमा नानाभाँती कुराहरू खेलाउँदा खेलाउँदै काइँला बाको कविता वाचन सुरू भइसकेछ । गुरूकुलको रिमाल नाटकघर, कविता अनुरागीको अत्याधीक भीडमाझ कविताका शिखर वैरागी काइँला कविता वाचन गरिरहनु भएको छ । विरामी कविलाई सजिलो होला भनेर बसेर कविता पढ्ने व्यवस्था आयोजकहरूले गरे पनि उभिएरै पढ्छु भन्ने काइँला बाको अडानमा काव्यिक जोश र ऊर्जा देखिरहेछु । हुन पनि काइँला बाको कविताहरूमा ध्वनि छ, सङ्गीत छ, चित्रात्मक प्रस्तुति छ । बसेर वाचन गर्नु अप्ठ्यारो होला, मैले पहिल्यै अनुमान गरिसकेको थिएँ ।
आँखाभरि पर्वत उमारेर
सगरमाथाको उचाइ उक्लिरहेका
शान्तिको पदयात्रामा
हजारौँ सशरीर र हस्ताक्षरसित
कसले होमिदियो
मेरो घर ग्यास च्याम्बरमा झ्
हरे, मेरो घरको हत्या भइसक्यो .....
घर खोज्दै बित्छ कि त आयु उप्किएर .....
आहा झ् कति ओजनदार छ प्रत्येक शब्दहरू । वैरागी काइँला त्यत्तिकै वैरागी काइँला भएका होइन रहेछन् । प्रेम कविता होस् या गीत होस् अथवा आयामेली कविताहरू नै किन नहोस् कविता पारखीहरूलाई उत्तिकै मन्त्रमुग्ध पारिरहेन । मलाई मातेको मान्छेको भाषण, सावातको वैला उत्सव र प्लान्चेटको टेबलले साह्रै छोयो । यी माथिका तीन कविताहरू नै काफी छन् वैरागी काइँला कविताका शिखर कहलिनुका लागि ।
तेस्रो आयाम पत्रिकाको पहिलो अङ्कमा आई.बी. र्राईले सम्पादकीयमा लेखेका छन् - अबको साहित्य लेखनले मानिसको सम्पूण्तालाई उचाल्न ताक्नुपर्छ । मानिस आँखा मात्र, कानमात्र, मनमात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको पुञ्ज हो र अब लेखिने प्रत्येक वाक्य र पङ्क्तिले उसको सम्पूण्तालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यो गर्न हाम्रो प्रत्येक कृतिले तृतीइ आयाम आफूमा ल्याउन सक्नुपर्छ । दुःख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दुःख पाएको कथा वा कवितामा मात्र सीमित नरहोस् । त्यसले उठ्नु सकेर त्यो टुक्रा कुराको पछि एउटा विशाल दर्शनको आकाश टाँगियोस्, नयाँ एउटा टुक्रा राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो । त्यै मात्र’ भन्दा धेरै-धेरै अरू कुरा होस् ।"
यो ऐतिहासिक सम्पादकीयले उठान गरेको विचार नै आयामेली सृजनाहरूको मार्गचित्र हो, लागेको छ मलाई ।
काइँला बाले लगभग तीनदशकपछि लेखेको कविता कस्तो होला - आई.बी. र्राई उहिल्यै लीलातिर ढल्किसके ; इश्वरबल्लभ अवतार अवतरण भन्दै केके भन्छन् भन्छन् । काइँला बाले कुन सैद्धान्तिक आधार पकडेर कविता सृजना गरे होलान् !
इश्वरबल्लभ पनि महान स्रष्टा हुन्, यसमा कुनै शङ्का छैन । उनी गद्य र पद्यका बाइपङ्खी घोडा हुन् । उनको योगदान नेपाली साहित्यमा कम आँक्न मिल्दैन । लगभग तीन दशक काइँला बा चुप लाग्दा पनि बल्लभ निरन्तर काव्यिक साधनारत थिए । तर पछिल्लो कालमा बल्लभमा देखिएको राजनीतिक विचलनले उनको सृजनामा असर गर्‍यो । फलस्वरूप, उनको पछिल्लो अभिव्यक्ति, विचार र सृजनार् इश्वरबल्लभले निर्माण गरिसकेको व्यक्तित्वलाई सुहाएन । हो, कुनै पनि विचारमाथि आस्था राख्न उनी मुक्त छन्, स्वतन्त्र छन् तर त्यो विचार समयानुकुल, समयसापेक्ष हुनुपर्‍यो । नत्र स्रष्टामा इमानदारीता देखिँदैन । आम जनताको लागि साहित्य गर्ने कि कुनै सामन्ती संस्थाको लागि - जनताले चाहेको समय अनुकुल नवीन नेपालको अवधारणामा साहित्य गर्ने कि यथास्थितिमा - यो वास्तविकतालाई स्रष्टाले मध्येनजर गर्न सकेन ने सङ्ग्रौलाको शब्द सापटमा समयले गोपिक्याँच लगाउने छ र्।र् इश्वरबल्लभले सृजनशील साहित्य’ लाई प्रकाशन हेतु दिएको पछिल्लो कविता गीत देश टुट्दैछ’ अग्रगामी कविता नभई प्रतिगामी कविता छ ।
कतै काइँला बाको नयाँ कविताहरू पनि ...- तर मेरो यो शङ्का निथ्या हो । लोकतान्त्रिक स्रष्टाहरूका अगुवा कविमा नवीन नेपालको अवधारणा र अग्रगामी चेत छैन सोच्नु मूखता मात्र हो ।र्
भर्खर दोरूम्बा, गौर र चन्द्रौटामा बगेको
रगतको खोला
भलबाढी र लासको पहाड नाघेर
जलाइएका घरका तातो खरानी
उपँदै टेक्दै भागेको विस्थापित
म त स्रष्टा -र्सजक हुँ
कल्पनाको मुक्त उडान
स्वतन्त्र अभिव्यक्ति ज्यान
स्वतन्त्र विचार र मुक्त लेखन
जस्तो कि आफै झुल्कने र्सूय किरण
हो, एक्लो हिँड्ने चितुवा-चिन्तन झ्
-शरणार्थी विचार र माली गाउँमा चितुवा)
काइँला बाको दुइ नयाँ कविता बाँकी प्रश्नहरू’ शरणार्थी विचार र माली गाउँमा चितुवा’ पनि उत्कृष्टै लाग्यो मलाई त । समयको दस्तावेज लाग्यो मलाई यी दुइ कविताहरू । यद्यपि, नयाँ कवितामा पहिलेको जस्तो कला र शैलीगत जोश नभएको टिप्पणी पनि सुनियो ।
एउटा ऐतिहासिक कार्यक्रम सकियो । बाहिर प्राङ्गणमा चिया पिउँदै छौँ । काइँला बाको पछिल्लो नयाँ कविताहरू रङ्गीन रहेछ’ -रङ्गवादी कवित धर्मेन्द्र टिप्पणी गर्छन् । अर्को व्यक्ति बोल्छ - होइन नश्लीय छ ।’ अर्को बोल्छ - होइन, लीला छ, चितुवा हाँडिगाउँ गएको माली गाउँ आईपुगेको छ ।’
म बिस्तारै बोल्छु - नयाँ कविताहरू त भयवादीय छ । किनकि त्यहाँ आतङ्क छ ।’
हा...हा...हा... हामी सबै गुरूकुल थर्किने गरी हाँसिरहेछौँ ।

No comments: