Tuesday, July 1, 2008

(कथा) भय मण्डल



देश सुब्बा

एउटा हल । मान्छेहरू हलमा पस्दा नै हल निस्लोट अँध्यारो हुन्छ । ध्वनि बजिरहेको हुन्छ चारकुनाबाट प्रतिध्वनी भएर । दर्शकहरू खचाखच भरिएका छन् । मञ्चको बीचमा कालो पर्दा झुण्डयाइएको छ । कालो पर्दा अगाडि सेतो पर्दा छ । यी पर्दाहरू मधुरो देख्ने गरी बत्ती बालिएको छ । ध्वनि विभिन्न आवाज निकालेर बजिरहन्छ । गुडुङ्ग गुडुङ्ग । सेतो पर्दा भित्र-कालो पर्दा भित्र-ध्वनि रोकिएको बेला आवाज आउँछ । दर्शकहरू रोकिन्छन् । बत्ती निभ्याइएकोले कालो बल्न थाल्छ । अँध्यारोमा दर्शकको आवाज आइरहेको हुन्छ ।
-कस्तो डरलाग्दो आवाज ।
-मान्छे मरेकै हो ।
-ऊ त बिरामी परेछ ।
-मलाई त के भयोभयो साह्रै डर लाग्छ ।
-चेतनाको प्रारम्भिक बिन्दू डर रहेछ ।
ग्डयाङगुडुङ्ग आवाज आउँछ । हल थर्किन्छ ।
-आवुइ
-आ....
-आइया ...
-के हो यो ।
चिच्याउँछन् ।
ध्वनि बज्छ, "धैयधैय दर्शकहरू कार्यक्रम सुरु हुँदैछ ।"
दर्शकहरू अति नै उत्सुक हुन्छन् ।
ध्वनिमा उद्घोषकको आवाज आउँछ, "यो पृथ्वीको कार्यक्रम हो ।"
मञ्चमा मधुरो प्रकाश छरिन्छ । सेतो पर्दाभित्रको कालो पर्दा हल्लिन थाल्छ । दर्शकहरू ध्यान मग्न हुन्छन् । ध्वनि ब्रि्रेकोले विभिन्न आवाज आउँछ । हु हु...हि..हि ......हि ...हि....हा....हा
कालो पर्दा हल्लिरहेकै हुन्छ । बिस्तारै मञ्च उज्यालिन्छ । मञ्चमा समूहसमूहमा कलाकार बसेका देखिन्छन् ।
समूह क. १.इश्वरलाई शैतान भनेकोले संसार बदलिएको हो । र्स्वर्ग बदलिएको हो ।
२. मर् इश्वरलाई शैतान मात्र देख्दिन । र्स्वर्गलाई नरक देख्छु ।
१. तिमीले पाएको नरक त्यसैको प्रतिफल हो ।
२. त्यही नरकलाई त तिमी र्स्वर्ग भन्छौ होइन ।
समूह ख. १.मलाई के भएको हो । घरभित्र घरबाहिर डर लाग्छ ।
२. मलाई मेरो आफन्तदेखि पनि डर लाग्छ । शत्रु देखेपनि डर लाग्छ ।
समूह ग. १. डरले गर्दा हिँडिरहन्छु । कतै बस्न मन लाग्दैन ।
२. म पनि त्यही हो । भएको सम्पत्ति आफन्त पराइ सबैले हडप्छ कि लाग्छ ।
समूह घ. १. तिमीलाई केको डर नि ! सम्पत्तिले पुरिदिने सबैलाई ।
२. त्यही सम्पत्तिले मलाई खाइरहेको छ । मेरा आँखा मरेका जस्ता छैनन् ।
१. मरेर पनि भूत बनिसकेका छन् त्रि्रा आँखा ।
२.त्यसो नभन न डर लाग्छ ।
समूह ङ. १. युद्ध भन्यो कि हंस उड्छ । मान्छेलाई युद्ध किन गर्नुपर्ने होला ।
२. मलाई त युद्ध भन्दा पनि यही हल नै डर लाग्छ । यतिखेर भँइचालो गयो भने कसरी बाहिर निस्किने ।
समूह च.१ मलाई त संक्रमक रोगले चेपिहाल्यो ।
२. तिमीले त सोच्ने मौका पाउँछौ पो । हवाइजहाजमा आगोले लाग्दा म कस्तो आत्तिएको थिएँ ।
समूह छ १. खोइ कुनै दिन राम्रो खान पाइएन ।
२. त्यही त नि जीवनभरि कामैले चेपेर मरिने भो ।
बत्ती झयाप्पै निभ्छ र बिस्तारै बल्न थाल्छ । सेतो पर्दा भित्रको कालो पर्दा हल्लिन थाल्छ ।
एकदमै शान्त छ हल । दर्शकहरूको सास मात्र बजिरहेको सुनिन्छ । एकछिनपछि सास चलाउँदै दर्शकहरू बोलेको सुनिन्छ । एकजना-दुइजना-तीनजना .......
-कालो पर्दाभित्र के छ ।
-देखिएला नि भरै सम्ममा ।
-नदेखिन्जेल डरले घर बनाउँछ मनमा ।
-मलाई त पर्दा देखेर डर लाग्छ ।
-सेतो पर्दा नभएको भए त कस्तो देखिन्थ्यो हल ।
-अँध्यारोमा भय कुद्छ बेजोडले ।
-उज्यालो र अँध्यारो त कालो पर्दा मात्र हो ।
मधुरो प्रकाशमा विभिन्न आकारहरू चल्मलाउन थाल्छन् । दर्शक शान्त छन् ।
नानी रोएको, कुकुर भुकेको, उल्लु कराएको, स्याल कराएको जस्तो आवाज आउँछ अँध्यारोको चारैतिरबाट । दर्शकहरू बज्दै गरेको सास मार्छन् । मञ्च बिस्तारै उज्यालो हुन थाल्छ । कालो पर्दा विभिन्न आकार बनाउँदै हल्लिएको देखिन्छ । जिज्ञासाले मञ्चमा हेदछन् दर्शकहरू, अँध्यारो मात्र देख्छन् । कलाकारहरू हुँदैनन् । धर्ती हुँदैन, आकाश हुँदैन । मञ्चको दुवैतिर मधुरो प्रकाश छरिन थाल्छ । एकातिर बगनबेली, गुलाब, क्याक्टको लहर छ । अर्कोतिर बिच्छी, चिप्लेकीरा, र्सप राखिएको छ । फूल र जीवहरूलाई प्रष्ट देखाउन प्रकाश फर्काइन्छ । दर्शकहरू ढुकढुकीको भरमा हेरिरहेका छन् । निकैबेर सम्म जीव र फूलहरूलाई देखाइन्छ । मधुरो प्रकाश झयाप्प निभ्छ । दर्शकहरूलाई पैतालामुनिबाट सर्प चलमलाएको लाग्न थाल्छ । नेपथ्यबाट आवाज कराउँछ ।
"आवुइ सर्प" कुर्सीट उप्रिmन्छन् कति ।
कति निकैबेर खलबल गर्छन् ।
टङ टट.....ट गर्दै ध्वनि बज्न थाल्छ, "शान्त शान्त दर्शकहरू हाम्रा पात्रहरू आउँदैछन् ।"
बत्ती मधुरो बल्न थाल्छ । सेतो पर्दाभित्रको कालो पर्दा हल्लिन थालेको देखिन्छ । दर्शकहरू सास मारेर बस्छन् ।
मञ्चमा पात्रहरूको प्रवेश ।
समूह क. १. पृथ्वी त खण्डर लाग्न थालेको छ !
२. खण्डर बनाउनलाई आणविक हतियारको आतङ्क भए पुग्दोरहेछ ।
१. संसार एकदिन कङ्गागल बन्छ ।
२. त्यो कङ्गालको एकछेउमार् इश्वर पनि हुनुपर्छ ।
१. इश्वरको छेउमा शैतान बस्ने भयो ।
समूह ख. १.मेरो मन घर छोडेर कताकता डुलिसक्यो-शमन भएको छैन ।
२. त्रिरो हाम्रो मनको व्यग्रता माटोमा मात्र शमन हुन्छ ।
समूह ग. १.तिमी त अब मनोरोगी भएका छौ ।
२. संसार शून्य लाग्छ । बाँच्नुको अर्थ पनि देख्न छोडेँ ।
१. प्रकटहरूमा हुँदा यस्तै हुन्छ । मनमा कुरा उभिन्छ, ढल्छ र हिँड्छ ।
समूह घ. १. कानले बम पडकेको, बन्दूक पड्केको मात्र सुन्छ ।
२. घरमा सुतिरहेको बेला घर ढल्यो भने के गर्ने । हिँड्दाहिँड्दै मरिगयो भने .......। आँधीहुरी, चट्याङ, भूकम्पले घर ढाल्न पनि सक्छ ।
समूह ङ १. मलाई न्रि्रा पनि लाग्न छोड्यो । मृत्यु मात्र देख्छु । मान्छेलाई मृत्यु भनेपछि भाग्न मन लाग्छ । मलाई त मरेपछि र्स्वर्ग जान पाएहुन्थ्यो लाग्छ ।
२. मलाई पनि जहाजमा आगो लाग्दा त्यस्तै भएको थियो । समूह क. ले सबै र्स्वर्ग नरक भैसक्यो भनेको सुनेनौ ! र्स्वर्ग, नरक भयका रूपहरू बुझदैछु ।
समूह च. १. जीवनमा दुःख मात्रै !! यही दुःखले गर्दा सन्त, महात्मा, राजकुमार सबैले घर छोडेका हुँदारहेछन् ।
२. कसैले त्यसै छोड्दारहेछन् । हामी त अहिले पनि जोगीको अवस्थामा छौ ।
बत्ती झयाप्पै निभ्छ । हल कालो पर्दामा बदलिन्छ । सेतो पर्दा पनि कालो हुन्छ । उत्सुक दर्शकहरू चुप बस्छन् । भयभीत हुन्छन् । आँखाहरूले अँध्यारोमा दृश्य खोजिरहन्छ । उनीहरूको ढुकढुकी हिँड्न थाल्छ
। निकैबेर हल शान्त हुन्छ । दर्शकहरू बोल्न थाल्छन् । एक -दुइ-तीन-चार.....
-सेतो पर्दा कालो भएछ ।
-सेतो पर्दा कालो हुँदा त बाक्लो डरलाग्दो रहेछ ।
-कालो पर्दालाई सेतो पर्दाले ढाक्दा त्यति डर भएको थिएन । कालो पर्दा झन् कालो र सेतो पर्दा कालो हुँदै जाँदा चेतनाको मृत्यु हुँदै जाँदोरहेछ ।
-पर्दा भित्र पक्कै केही लुकेको हुनुपर्छ । सबै नाटकमा पर्दा खोलिन्छ । यस नाटकमा किन नखोलेको !
-जे छ पर्दा खोलेपछि हेरौंला ।
स्याल कराएको, उल्लु कराएको, काग कराएको, न्याउली रोएको, नानी रोएको, कुकुर भुकेको, वृद्ध मान्छे खोकेको आवाज हलको चारैतिर प्रतिध्वनित हुन थाल्छ । दर्शकहरू सास मार्छन् । अँध्यारो हल झन् अँध्यारो लाग्छ । अँध्यारोमा अदृश्य जीव हिँडेको महसुस हुन थाल्छ ।
कतैबाट आएको सानो उज्यालोमा पर्दा देखिन्छ । पर्दामा पालैपालो पर्लक्कपर्लक्क पल्टिन्दै मरेको मान्छेको कङ्गाल, युद्धले क्षतविक्षत मान्छेको अंग, झैँझगडाले रक्ताम्मे भएका मान्छेका शरीर, रोगले ग्रस्त बिरामी, अनिकालले निचोरेका अनुहार, चिन्ताले आकुलव्याकुल मान्छे, आगो लाग्दै गरेको हवाइजहाजभित्रका आत्तिएका यात्रु, भत्किएको घरमा टाउको निकाल्दै गरेको मान्छे देखिन्छन् ।
अब के हुने होला ! अब कुन दृश्य आउने होला । मृत्यु बोकेर पो आउने हो कि ! कुनै घटना लिएर पो आउने हो ! घट्नापछि घट्नाको श्रृंखला पो आउने हो कि !संक्रमक रोग बोकेर पो आउने हो ! हत्या, हिंसा, युद्धको दृश्य पो देखाउने हो ! पारिवारिक समस्या, चिन्ता, दुःख, इश्वर लिएर पो कुनै पात्र आउने हो ....................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................हलको
चारैतिरका बत्ती झिलिमिली बल्छन् । हल उज्यालो हुन्छ । दर्शकहरू कुरा गर्न थाल्छन् ।
-अँध्यारो भएपछि कुर्सीनि भूत देखिन्दो रहेछ ।
-अँध्यारोमा सेतोपर्दा, कालोपर्दा दुवै भूत लागेको थियो ।
-मृत्यु, रोग, समस्या पनि सहज रूपमा लिन सके हामीले ठानेको जतिको कष्टदायक नहुँदोरहेछ ।
-मान्छेलाई डर लागेपछि जुनसुकै आवाज, आकार, चित्रले पनि तर्सा थाल्दोरहेछ ।
-वास्तवमा कसैले पनि हामीलाई तर्सा, अत्ताएको, भगाएको हुँदैन, हाम्रो चेतनाले पहिलोपल्ट के बोल्छ कुन्नी हामीलाई त्यस्तो महसुस हुन थाल्छ ।
-बत्ती बलेपछि ती डरलाग्दो आकार, आवाज सामान्य लाग्दा रहेछन् ।
-उज्यालोले दर्शकहरूको मुहारमा हर्षबोकिदिन्छ ।
-चेतनामा उज्यालो बत्ती हुँदोरहेछ ।
-हामीलाई पनि त्यस्तो लाग्छ । यो बालेर बालिन्दैन, आफै बलेको दिन रात पनि उज्यालो लाग्न थाल्छ । ध्वनिबाट कार्यक्रम समाप्त भएको घोषणा हुन्छ ।
दर्शकहरू हलबाट निस्किन थाल्छन् । उनीहरूलाई हल मण्डल र अँध्यारो भयमण्डल लाग्छ ।




No comments: